सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख भन्सार राजस्व उठाएको छ । सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।