सराङकोटमा पर्यटन साहित्य उत्सव

पोखरा । अन्तरराष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङ्टन डिसी)को आयोजनामा पोखरामा एकदिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीय स्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।      साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकामा यसपटक पोखराको सराङकोटमा आयोजना गरिएको ‘ट्रस्टिज’ सदस्य ऋषि बरालले बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ‘ट्रस्टिज’ सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जुनका टुक्राहरू’ नामक अंग्रेजी–नेपाली मुक्तक संग्रह र अधिकारीकै साधनाको स्वर्णवर्ष पुगेको अवसरमा प्रकाशित ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ दुई कृति लोकार्पण गरिएको थियो । कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुवै कृति लोकार्पण गर्दै स्रष्टामा असल भावनाको विकास भए नयाँ कृति प्रकाशनका लागि विषयवस्तु खोज्नु नपर्ने धारणा व्यक्त गरे । रासस

सम्बन्धित सामग्री

सराङकोटमा पर्यटन साहित्य उत्सव – देशसञ्चार

गण्डकी – अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एकदिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ। पर्यटकीयस्थल सराङकोटमा

इलामको देउमाईमा साहित्य उत्सव

काठमाडौं । इलामको देउमाइस्थित मंगलबारेमा चैत २३ र २४ गते साहित्य तथा पर्यटन महोत्सव हुने भएको छ ।  ‘समाजका