६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ६ हजार भन्दा धेरै ग्यास भण्डारण गरेको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागका अनुसार सोमबार गरिएको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि स्थित उद्योगको गोदाममा १४.२ केजीका ६ हजार ३ सय ७७ ग्यास सिलिण्डर भण्डारण गरिएको अवस्थामा […]