काठमाडौँ महानगरको अनुरोध : शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले सम्पर्क गर्नुपर्ने

काठमाडौँ । महानगरपालिकाले होटेल, रेष्टुरेन्ट, बैङ्क लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटेल लगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा लैजान खोजिएको छ। आज सूचना […]

सम्बन्धित सामग्री

काठमाडौंमा व्यवसायिक संस्थाका शौचालयलाई ‘सार्वजनिक’ बनाउने योजना असफल

१३ भदौ, काठमाडौं । व्यवसायिक संस्थाका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने काठमाडौं महानगरपालिकाको योजना असफल भएको छ । महानगरले बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३५ वटा संघसंस्थाका शौचालय सार्वजनिक प्रयोगमा ल्याउने सम्झौता गरेको थियो । तर, तीमध्ये होटल तथा रेष्टुरेन्टबाहेक अन्य संस्थाका शौचालयको सार्वजनिक प्रयोग अत्यन्तै कम भएको छ । महानगरले सुरुमा नबिल बैंकसँग […]

निजी साझेदारीमा सार्वजनिक शौचालय

पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालय तयार भएका छन् । पोखरा महानगरपालिकाले गत असारमा सूचना प्रकाशित गरी महानगरभित्र भएका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आह्वान ग-यो । महानगरको उक्त आह्वानपछि ३२ आवेदन परेका छन् । व्यक्ति र संस्था गरी ३२ जना आफ्ना शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छाका साथ महानगरमा आएका छन् । महानगरले ती सबै व्यक्तिसँग आवश्यक समन्वय गरी बिहीबारदेखि शौचालयको सार्वजनिक प्रयोग गर्ने सुरुवात गरेको छ ।

काठमाडौंमा शौचालय सार्वजनिक प्रयोग गर्न दिने यी हुन् ३५ संस्था

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने भएका छन् । सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सोमबार सम्झौता गरेको छ । बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो । महानगरपालिकाका […]