कोपा अमेरिका कप : पाराग्वेद्वारा चिली पराजित

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा पाराग्वे विजयी भएको छ।आज बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो। पाराग्वेको जितमा खेलको ३३ औं मिनेटमा सामु र मिगुएल अलमिरनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत एक एक गोल गरे। यो जितपछि पाराग्वे ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। चिली ५ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको अर्जेन्टिनाको ७ अंक छ।

सम्बन्धित सामग्री

चिली र उरूग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडे

एजेन्सी।कोपा अमेरिका कप फुटबलमा उरुग्वे र चिलीले १-१ गाेलको बराबरी खेल्दै अंक बाँडेका छन्।एरिना पन्तानल ब्राजिलमा सम्पन्न खेलमा एडवार्डो भार्गासले २६औं मिनेटमा गरेको गोलबाट चिलीले अग्रता लिएको थियो।तर ६६औं मिनेटमा चिलीका अर्टुरो भिडालले आत्मघाती गोल गोल गरेपछि उरूग्वेले बराबरी गरेको हो।बराबरीसँगै समूहमा ५ अंक जोडेको चिली समूह 'ए'को दोस्रो स्थानमा छ भने एक अंक रहेको उरुग्वे तालिकाको चौथो स्थानमा छ।