एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पुनः निर्वाचित प्रदेशसभा सदस्य सोडारीलाई दलको नेता चयन गरिएको हो ।शुक्रबार पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा धनगढीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । उनी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । त्यस्तै, बैठकल