काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप-विजेतामै सीमित भएको छ।आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्यो।बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका ला