४६ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

मंसिर २८, काठमाडौं । साताको तेस्रो करोबार मंगलवार दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १३७ दशमलव १८ अंक अर्थात ६ दशमलव शून्य १ प्रतिशतले  वृद्धि भएको छ ।  नेप्से परिसूचक २ हजार ४१३ दशमलव ८५ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये ४६ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ४६ ओटा कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो ।  नेशनल हाइड्रोपावर,बिशाल बजार कम्पनी,नेपाल फाइनान्स, वेष्ट फाइनान्स,गुडवील फाइनान्स,सेन्ट्रल फाइनान्स,समृद्धि फाइनान्स,आइसिएफसी फाइनान्स,प्रोग्रेशिभ फाइनान्स,अरुण भ्याली हाइड्रोपावर,गरिमा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै यो दिन ज्योति विकास बैंक,कामना सेवा विकास बैंक,मञ्जुश्री फाईनान्स,कालिका लघुवित्त, बरुण हाइड्रोपावर,जनउत्थान सामुदायिक लघुवित्त,एचआइडिसीएल,ङादी ग्रुप पावर र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  त्यसैगरी यो दिन खानीखोला हाइड्रोपावर,दिब्यश्वरी हाइड्रोपावर,अरुण काबेली पावर,सिनर्जी पावर डेभलपमेण्ट, छ्याङदी हाइड्रोपावर,उन्नति सहकार्य लघुवित्त,राधी विद्युत् कम्पनी,पञ्चकन्या माई हाइड्रोपावर,आँखुखोला जलविद्युत कम्पनी,आसा लघुवित्त वित्तीय संस्था,युनिभर्सल पावर कम्पनी,माउण्टेन हाइड्रो नेपाल,युनियन हाइड्रोपावरको शेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ ।  यसैगरी सबैको लघुवित्त,सप्तकोशी डेभलपमेण्ट बैंक,एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी,शिवश्री हाइड्रोपावर, युनाइटेड इदी मार्दी हाइड्रोपावर,सिंगटी हाइड्रो इनर्जी,मनकामना स्कार्ट लघुवित्त,तेह्रथुम पावर,सामलिङ पावर र न्यादी हाइड्रोपावरको कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक  सर्किट लागेको हो । त्यसैगरी युनाइटेड मोदी हाइड्रोपावर,सांग्रिला डेभलपमेण्ट बैंक र गोखार्ज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ ।  मंगलवार बजार ६ प्रतिशतले बजार बढ्दा सबैभन्दा बढी विकास बैंक  र वित्तसमूहका लगानीकर्ताले कमाएका छन् । विकास बैंक समूहको परिसूचक ९ दशमलव २ प्रतिशत वृद्धि भएसँगै सर्वाधिक कमाएका हुन् ।  त्यसैगरी वित्त समूहको परिसूचक ८ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ ।   नेप्से  यो दिन ६ प्रतिशतले बढेपछि दोस्रो पटक पनि सकारात्मक सर्किट ब्रेकर लागेकोका कारण कारोबार बन्द भएको हो ।पछिल्लो समय निरन्तर जसो ओरालो लागेको नेप्से  बजार खुलेदेखि नै यो दिन उच्च दरले बढेको थियो। नेप्सेको नियम अनुसार बजार खुलेको एक घण्टा भित्र नेप्से ४ प्रतिशत बढेमा २० मिनेट सर्किट ब्रेक, दुई घण्टाभित्र ५ प्रतिशत बढेमा ४० मिनेट सर्किट ब्रेक र बाँकी कारोबार अवधिमा ६ प्रतिशत बढेमा सो दिनको लागि कारोबार बन्द गर्ने प्रचलन रहेको छ ।