रसुवा साक्षर जिल्ला

रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो।

सम्बन्धित सामग्री

साक्षर बागमतीको सन्देश (सम्पादकीय)

बागमती प्रदेश साक्षर घोषणा गर्ने देशकै पहिलो प्रदेश बनेको छ । साक्षर नेपाल अभियानअन्तर्गत सोमबार साक्षर प्रदेश घोषणाले महìवपूर्ण सन्देश र मार्गदर्शन दिएको छ । तर साक्षरता प्रतिशत वृद्धि र दिगो सिकाइमा भने चुनौती धेरै छन् । बागमती प्रदेशमा ९७.२२ प्रतिशत साक्षर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यो तथ्याङ्कले बागमती प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका ४५ हजार ३४५ अझै निरक्षर रहेको देखाउँछ । यो प्रदेशका १३ जिल्लामध्ये ललितपुर पूर्ण साक्षर जिल्ला बनेको छ भने सिन्धुलीमा ९९.१३ प्रतिशत, मकवानपुरमा ९८.९७ प्रतिशत, धादिङमा ९८.४० प्रतिशत, नुवाकोटमा ९८.१९ प्रतिशत, सिन्धुपाल्चोकमा ९७.६८ प्रतिशत र चितवनमा ९७.५० प्रतिशत छ । यसैगरी, काठमाडौँमा ९६.८८ प्रतिशत, भक्तपुरमा ९६.७० प्रतिशत, काभ्रेमा ९६.४८ प्रतिशत, रामेछापमा ९६.४० प्रतिशत र रसुवा

​माघ २९ गते रसुवालाई साक्षर जिल्ला घोषणा गरिने

रसुवा, पुष २४ –रसुवालाई माघ २९ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा करिब ९५.७० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेकाले जिल्लालाई साक्षर जि...