पूर्वाधारका क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि विदेशी लगानी आवश्यक : अर्थमन्त्री

चैत १३,  काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । आइतवार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै  प्रविधि पनि ल्याउन आवश्यक रहेको बताए । उनले लगानीसँग प्रविधि भित्र्याउँदा निजी क्षेत्रको लागि धेरै फाइदा पुग्न सक्ने दाबी गरे । अहिले विदेशी लगानी ल्याउनको लागि  केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताए । उनले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको बताए । नेपाल डुइङ बिजनेसमा ९६ औं स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनु पर्ने बताए । उनले नेपाल डुइङ बिजनेस सुधार गर्नको लागि नीजि क्षेत्र र लगानी बोर्ड लाग्नु पर्ने बताए ।  त्यस्तै अर्थमन्त्री शर्माले  आयोजनाहरुले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताए । अब हामीले योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शर्माले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने बताए । उनले जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गरे । पूर्वाधार क्षेत्रमा जलविद्युत् क्षेत्रहरु मात्रै नभएर अन्य क्षेत्रहरु पनि आवश्यक छ भन्दै उनले अन्य पूर्वाधार क्षेत्रमा ठूला लगानी भित्र्याउँछौँ । पीपीपी मोडलको रुप अगाडि बढाउँछौंँ । त्यो आवश्यक छ । त्यसको लागि लगानी बोर्ड मार्फत डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड तयार गर्दैछौं भने । त्यस्तै लगानी बोर्डका सीईओ शुसील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताए । उनले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताए । उनले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धान आवश्यक भएको बताए  । त्यस्तै,  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए । उनले व्यापार घाटा सात महीनामै १० खर्ब रुपैयाँ नाघेको तर  वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । उनले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनु पर्ने बताए । उनले नेपालमा विदेशी लगानी प्रतिवद्धता धेरै आउने तर लगानी नआउने समस्या धेरै भएको पनि बताए । उनले भने, ‘मुलुकमा ठूलो समस्याको रुपमा सोधनान्तर स्थिति र तरलताको अभाव समस्या रहेको छ । यो समस्यालाई कुनै न कुनै तरिकाले समाधान गर्नको लागि पहल भएको छ । मुलुकमा सोधनान्तर स्थिति साढे ६ महीनाको रहेको छ । जुन हिसाबले व्यापार घाटा बढेको छ । त्यसले भोली ठूलो संकट निम्त्याउन सक्छ ।’ त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताइन् ।  पूर्वअध्यक्ष राणाले नेपालमा जलविद्युतमा मात्रै धेरै विदेशी लगानी भएकाले अब पर्यटन तथा कृषि क्षेत्रमा विदेशी लगानी र प्रविधि दुबै ल्याउनु पर्ने बताइन् । 

सम्बन्धित सामग्री

कृषिमा विदेशी लगानी ल्याउन सर्वोच्चले खोलिदियो बाटो

२६ माघ, काठमाडौं । तोकिएको शर्त पुरा गरेर कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको छ । कृषिमा विदेशी लगानी भित्र्याउन सरकारले गरेको कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटगत २० जेठमै खारेज भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार चुँडालको संयुक्त इजलासले अधिवक्ता पुण्यप्रसाद खतिवडालायतले दायर गरेको रिट खारेज गर्दै भएको फैसलाको पूर्णपाठ […]

कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी नचाहिने योजना आयोगको निष्कर्ष

१४ पुस, काठमाडौं । योजना आयोगले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आवश्यक नरहेको निष्कर्ष निकालेको छ । कृषिमा विदेशी लगानीको संभाव्यता सम्बन्धि अध्ययन प्रतिवेदन-२०७९ सार्वजनिक गर्दै आयोगले सरकारले स्वदेशी कृषक र कृषि क्षेत्र सुधारका लागि ठूलो लगानी गरेको र नीतिगत लाभहरु प्रदान गरिरहेको अवस्थामा विदेशी लगानी आवश्यक नरहेको निष्कर्ष निकालेको हो । नेपालको कृषि […]

‘कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन हुँदैन’

पोखरा, पुस १२ । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाइएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाब दिएको हो । यद्यपी, भण्डारण , प्रशोधन र बजारीकरणका लागि भने विदेशी […]

‘कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन हुँदैन’

काठमाडौं । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाइएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाब दिएको हो । यद्यपी, भण्डारण , प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन […]

कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन हुँदैन

केही वर्षयता नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्रयाउने चर्चा चलेपछि यसको समर्थन र बिरोधमा चर्को आवाज उठ्यो । विवादपछि यस विषयमा भएको अध्ययनले पनि कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने देखिएको छ । सरकारले २०७७ पुसमा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन दिने निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले …

कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने योजना आयोगको अध्ययन

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९’ ले कृषिउपज उत्पादनका लागि विदेशी लगानी ल्याउन नहुने सुझाव दिएको हो । यद्यपि, भण्डारण, प्रशोधन र बजारीकरणका लागि भने विदेशी लगानी ल्याउन सकिने उक्त प्रतिवेदनको सिफारिस […]

कृषिमन्त्री अर्याल भन्छिन् : कृषिमा विदेशी लगानी आवश्यक

काठमाडौं । किसानहरुले कृषिमा विदेशी लगानी ल्याउन नहुने भन्दै विरोध गरिरहेका बेला कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको छ । सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको हो । कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाई छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठुलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ ।’ उहाँले उत्पादन र निर्यात बढाउन पनि विदेशी लगानी ल्याउनुपर्नेमा जोड दिनुभयो । विदेशी लगानी आउँदा नेपाली किसानलाई मर्का नपर्ने उहाँको दाबी छ । ‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ’ मन्त्री अर्यालले भन्नुभयो, ‘उत्पादन बढाऔँ । निर्यात पनि गर्ने । हामिलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’ मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताउनुभयो । ...

कृषिमा विदेशी लगानी : साना किसान र उद्यमीलाई पासो

२१ पुस, काठमाडौं । सरकारले ठूला विदेशी लगानी ल्याउन रोक्न नहुने तर्क गर्दै पुस २० गते राजपत्रमा सूचना निकालेर कृषि क्षेत्रमा विदेशी लगानी खुला गरको छ । कस्ता उद्योग भित्रिने अपेक्षामा सरकारले यस्तो कदम चालेको हो भन्ने खुल्न बाँकी छ । तर केही उद्योगीको भनाइ मान्ने हो भने अबको केही समयभित्रै भारतबाट अमूलले दुग्धजन्य र […]

कृषिमा शर्तसहित विदेशी लगानी खुला

१७ पुस, काठमाडौं । सरकारले कृषि क्षेत्रमा विदेशी लागानी भित्र्याउन पाउने गरी कानुनी बाटो खोलिदिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूची संशोधनमार्फत ५० करोड रुपैयाँ स्थिर पुँजी लगानी गर्ने र ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने शर्तमा लगानी भित्र्याउने बाटो खोलिएको उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले […]