परराष्ट्र मन्त्रीलाई चटारो, शपथकै दिन राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने

शपथ लिएलगत्तै नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली टोली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधवार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएको छ । राष्ट्रपति भवन शितल निवासमा मन्त्री पदको शपथ लगत्तै सिंहदरबारमा कार्यभार सम्हाल्ने र आजै अमेरिका जाने कार्यक्रम तय भएको हो । महासभामा जाने ४ सदस्यीय टोलीको नेतृत्व मन्त्री खड्काले गर्नेछन् । मन्त्री खड्काको नेतृत्वमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयमा संयुक्त राष्ट्रसंघ महाशाखा हेर्ने सह–सचिव सेवा लम्साल र एक जना अधिकृत नेपाली प्रतिनिधि म...

सम्बन्धित सामग्री

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। मन्त्रीको जिम्मेवारी पाएकै दिन खड्का नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका हुन्। महासभामा खड्काले नेपालका तर्फबाट कोरोनापछिको स्थायित्व, मानिसले पृथ्वीप्रति दिनुपर्ने ध्यान, मानिसको अधिकारप्रतिको सम्मान र संयुक्त राष्ट्रसंघको मूल्यांकनको बारेमा धारणा राख्नेछन्। महासभामा भाग लिने क्रममा उनले […]