४ करोड लगानीमा स्याउको बगैंचा निर्माण गरिने

जुम्लामा सांसद विकास कोषको चार करोड बजेट स्याउ बगैंचा व्यवस्थापनका लागि खर्च गरिने भएको छ । जुम्लामा स्याउखेती विस्तार गर्न, स्याउबाटै जुम्लाको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षको सांसद विकास पूर्वाधार कोषको ४ करोड बजेट स्याउ बगैंचा, ओखर बगैंचा व्यवस्थापनमै लगानी गरिने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए ।

सम्बन्धित सामग्री

रुसको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल निर्माण हुने

भारत र रुसबीच १२० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ। लामो दूरीमा सञ्चालन हुने १२० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल) बीच सम्झौता भएको हो। यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य १ अर्ब ४० करोड पर्नेछ। ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलित प्रणाली पनि जडान हुनेछ। दुवै समूहले लगानी गर्ने

महानगरले ६ करोड लगानीमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गर्ने

१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ । ‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र […]

नारायणगढ–बुटवल सडक खण्ड : वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने

कावासोती । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने)मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा १३ अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताए । वन्यजन्तुका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाबाट वन्यजन्तु जोगाउन साना र ठूला गरेर सो संख्यामा अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । उनका अनुसार कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपास बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ ।  यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए । वन्यजन्तुको निगरानी गर्न क्यामेरा राख्नेगरी अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभएको भए पनि दातृ निकाय एशियाली विकास बैंकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेको छ । त्यस सम्बन्धमा अध्ययन भइरहेको झाले बताए । यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्नेगरी पूर्वाधार निर्माणमा रोक लगाएको थियो भने नेपालमै पहिलोपटक नारायणगढ–मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डर पास निर्माण गरिएको थियो । निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेन बनाउँदै छ । यस्तै दाउन्नेमा तीन लेन विस्तार गर्नेगरी एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा राजमार्गको विस्तार भइरहेको छ । राजमार्ग विस्तारको लागत रू. १६ अर्ब ९९ करोड ५२ लाख बराबर रहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले बताएको छ । एडीबीले १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागि ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माण सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी सम्झौता भएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडक विस्तारको शिलान्यास गरेका थिए । रासस

धनकुटा क्याम्पसलाई भारतकाे एक्जिम बैंककाे ८ कराेड रुपैयाँ सहयाेग

धनकुटा – पूर्वकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पस धनकुटाको भारतको एक्जिम बैंक अफ इन्डियाको सहयाेगमा भौतिक संरचना निर्माण गरिने भएको छ ।  भारतको एक्जिम बैंक अफ इन्डियाको आठ करोड रुपैयाँ लगानीमा धनकुटा क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्रावास र पुस्तकालय भवन निर्माण गर्न लागिएको हो । एक्जिम बैंक अफ इन्डियाले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनदेखि काम सुरु गरिने सिनियर आर्किटेक्ट विनोद न्यौपानेले बताउनुभयाे । भवन नि...

अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक भवन निर्माण गरिने

काठमाडौँ – युवालाई सीपमूलक तालिम दिने उद्देश्यले अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिका–४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ लगानीमा […]

९ करोड लगानीमा खानेपानी आयोजना निर्माण हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।  वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया शुरू भएको हो । खानेपानी आयोजनाको शुक्रवार शिलान्यास समेत गरिएको छ । ५ नम्बर वडाका वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे । लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका ५ वटा ट्यांकी निर्माण गरिने छ । ...

रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने

रुकुमपूर्व । रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित पुरानै अस्पताल रहेको ठाउँमा ५० शøयाको नयाँ संरचना निर्माण गर्न लागिएको हो । सो गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश चौधरीले बुधवार संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा भ्याटबाहेक १५ करोड ५७ लाख ४५ हजार ९२९ रुपैयाँ लगानीमा सो अस्पतालको भवन निर्माण हुने लागेको बताइएको छ । खड्का–पीएस–जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ । गत जेठ ३ गतेदेखि काम शुरू भएकोमा आगामी २०८० साउन २० गते अर्थात् अबको दुई वर्षमा भवन निर्माण गरिसक्ने सम्झौता भएको निर्माण सेवा कम्पनीका प्रतिनिधि प्रकाश शाहले जानकारी दिए । रासस

रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने

रुकुमपूर्व । रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित पुरानै अस्पताल रहेको ठाउँमा ५० शय्øयाको नयाँ संरचना निर्माण गर्न लागिएको हो । सो गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश चौधरीले बुधवार संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा भ्याटबाहेक १५ करोड ५७ लाख ४५ हजार ९२९ रुपैयाँ लगानीमा सो अस्पतालको भवन निर्माण हुने लागेको बताइएको छ । खड्का–पीएस–जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ । गत जेठ ३ गतेदेखि काम शुरू भएकोमा आगामी २०८० साउन २० गते अर्थात् अबको दुई वर्षमा भवन निर्माण गरिसक्ने सम्झौता भएको निर्माण सेवा कम्पनीका प्रतिनिधि प्रकाश शाहले जानकारी दिए । रासस

२ करोड लगानीमा बेथानचोकमा खानेपानी आयोजना

दुई करोड लगानी गरेर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।

रसुवामा ७ करोडको लगानीमा लिफ्टिङ सिँचाइ योजना बन्ने

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो । तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइस...