एमाले महाधिवेशनः बिहान ४ बजेदेखि मतदान जारी, ओली र रावलले गरे मतदान

काठमाडौं, मङ्सिर १४ । चार दिनदेखि चलेको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्ष उम्मेदवार केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन । राति २ बजेदेखि हुने भनिएको मतदान बिहान ४ बजेबाट सुरु भएको हो । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि एमालेले १० औँ महाधिवेशनको […]

सम्बन्धित सामग्री

एमाले अछाममा मतदान जारी : ओली र रावल पक्ष प्रतिष्पर्धामा

अछाम । सहमति नजुट्दा नेकपा (एमाले) अछाममा चुनावी प्रतिष्पर्धाबाट नयाँ कमिटी चयन गर्न मतदान भइरहेको छ । तीन दिन लगातार सहमतिको प्रयास भएपनि सहमति जुट्न नसक्दा अध्यक्षमा निवर्तमान सचिवालय सदस्यद्धय चन्द्र बोहरा र प्रकाश शाह प्यानलसहित चुनावी प्रतिष्पर्धा उत्रेका हुन् । नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला […]

एमाले महाधिवेशन : १९ सयले गरे मतदान

चितवन :  एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ।  आज विहान  ४ बजेबाट सुरु भएको मतदान विहान १० बजेसम्म १९ सयले गरेको निर्वाचन समितिले जनाएको छ। विहान साढे १० बजेसम्म मतदानको समय निर्धारण गरिए पनि केही समय थप गर्ने समितिले जनाएको छ। अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्ष नेताले मतदान गरिसकेका छन्।  विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ।  मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ।

एमाले महाधिवेशनमा सवा ८ बजेसम्म खस्यो १ हजार २५० मत

नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मंगलबार बिहानैबाट सुरु भएको मतदानमा सवा ८ बजेसम्म १ हजार २५० मत खसेको छ ।केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार २१५३ कूल महाधिवेशन प्रतिनिधिमध्ये १ हजार २५० जानले मत खसालेका छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्ण

एमालेमा मतदान–प्यानल सूची वितरण गरिएको भेटियो

नेकपा एमालेले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिएपनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको पाइएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको पाइएको हो । सो सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ। यस्तै निर्विरोध भएकालाई भोट नहाल्न पनि सूचित गरिएको छ ।   एमालेको महाधिवेशन अन्तरगत अहिले सौराहामा मतदान जारी छ।

सवा ६ बजेसम्म ७२० मत खस्यो

नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान जारी छ।  मंगलबार बिहान सवा ६ बजेसम्म ७२० मत खसेको छ । गएराति देखि सुरु भएको मतदान यही गतिमा गए अझै ३ घण्टा लाग्न सक्ने निर्वाचन आयोगको भनाइ छ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावलबीच भिडन्त भइरहेको छ।

एक पटकमा ६९ जनाले भोट खसाल्दै :  बिहान सवा ६ बजेसम्म ७२० मत खस्यो

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान जारी छ । मङ्गलवार सवा ६ बजेसम्म ७२० जनाले मतदान गरेका छन् भने एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न हाल्न सक्ने व्यवस्था गरिएको छ । अहिलेकै गतिमा भोटिङ भए लगभग ३ घण्टामा मतदान सकिने निर्वाचन आयोगको भनाइ छ  ।अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु

बैठकमा नआएका ओली देउवाको विपक्षमा भोट हाल्न आए

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा छिरेका छन्।बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन्। सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए। ओली पक्षका सांसदले प्रधानमन्त्री देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। अहिले मतदान जारी छ। देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरेका थिए