अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछन् । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाल गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । नेपाल र भारत अन्तिम पटक काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए । […]