मोरङको कानेपोखरी गाउँपालिकाले अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका विपरीत बजेट निर्माण प्रोत्साहन भत्ता बापत ९ जना कर्मचारीलाई १ लाख ८० हजार रुपैयाँ वितरण गरेको पाइएको छ । कानेपोखरी गाउँपालिकाले २०७८ असार ८ गतेको कार्यपालिका बैठकमा निर्णय गरी आर्थिक वर्ष २०७८/०७९ को गाउँसभा बजेट अधिवेशनका लागि आवश्यक तयारी गर्न, बजेट नीति कार्यक्रम निर्माण, बजेट तयारी, सूत्र प्रणालीमा प्रविष्ट गर्ने लगायत काम २०७८ जेठ २० गतेदेखि बेलुका निरन्तर ८ बजेसम्म गरेको भनी भत्ता वितरण गरेको हो ।९ जना कर्मचारीलाई