कोरोना बढ्न थालेपछि नवलपरासीमा अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

नवलपुर : पछिल्लो समय कोभिड-१९ को संक्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले अनिवार्य रुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतवार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ। कोभिड-१९ को संक्रमण रोकथाम र उपचार व्यवस्था…