कोरोना प्रभाव : युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले

सम्बन्धित सामग्री

बेइजिङमा कोरोना प्रभाव, विद्यालयहरू बन्द

काठमाडाैं : कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएका छन्। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो।सरकारले बाल शिशु कक्षादेखि माध्यमिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीवार जानकारी दिएका छन्।विद्यार्थीहरूको बिदा शुक्रबारदेखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो, सरकारी एक अधिकारीले भने।महामारी थप फैलिने देखेपछि केही व

जुम्लामा कोरोना प्रभाव, कारागारमा भेटघाट बन्द

जुम्ला : कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै जुम्लाको कारागारमा उच्च सतर्कता अपनाइएको छ। कारागारमा  प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो।जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएका हो। कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष बन्द गरिएको हो। कारागार घेरबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै कैदीबन्दी र उनीहरूको आफन्तहरुको भेटघाटसहित कुराकानी हुने गरेको छ। सार्वजनिक स्थलमा स्थानीय प्रशासनले

कोरोना प्रभाव : महोत्सव र उत्सव प्रभावित

न्युज अफ नेपाल, लमजुङ । लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघ सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला महोत्सव, भेला र भिडभाड बढि हुने […]

कोरोना प्रभाव : ‘लुनार न्यू एयर’ चिनियाँहरुले नमनाएको तेस्रो वर्ष

बेइजिङ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिँदै गएपछि विभिन्न मुलुकहरुमा प्रतिबन्धात्मक नियमहरु लागु गरिएका छन्। सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना महामारीले विश्वभर लाखौं मानिसको मृत्यु भइसकेको छ भने करोडौं मानिसहरु संक्रमित भएका छन्। यसले गर्दा धेरै मुलुकहरुको अर्थतन्त्र तहसनहस भएको छ भने मानिसहरुको जीवन अस्तव्यस्त भएको छ। कोरोनाको […]

पर्वत : विकासका काममा कोरोना प्रभाव न्यून, निर्माण धमाधम

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण पर्वत जिल्ला पनि सुनसान छ। न त मानिसको भिडभाड, न त खुलेका पसल व्यवसाय नै! कोरोना कहरमा जारी भएको निषेधाज्ञाको बेलामा अधिकांश गतिविधिहरू ठप्प अवस्थामा छन्। तर, राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ।यसैगरी, मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी

कोरोना प्रभाव : बाँकेमा ३७६ जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको सिलसिला शुरु भएको भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि धेरैले ज्यान गुमाएका छन् । पछिल्लो दिनमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा बाँके र बाहिरी जिल्लाका १२ देखि १७

कोरोना प्रभाव : निर्माणाधीन आयोजनाको काम सुस्त

काठमाडौं । मुलुकका निर्माणाधीन ठूला सडक पूर्वाधार आयोजनाहरूको निर्माणले निरन्तरता पाए पनि काम भने सुस्त हुन थालेको छ । गतवर्ष जस्तै यो वर्ष पनि निर्माणकै मुख्य सिजनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण उच्च देखिएको र त्यसलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाले अहिले निर्माणाधीन आयोजनाहरूमा प्रभाव देखिन थालेको हो । अहिले कतिपय आयोजनाका साइटमा कार्यरत कामदारहरू साइट छाडेर घरतिर जान थालेका छन् भने कतिपय आयोजनाले थप बजेट नपाउँदा निर्माण व्यवसायीहरूलाई रकम भुक्तानी पनि गर्न सकेका छैनन् । अर्काेतर्फ, हाल आयोजनाहरूमा स्टक निर्माण सामग्रीहरूबाट मात्रै निर्माण जारी राखिएको छ । भारतबाट आउने निर्माण सामग्रीहरूको स्टक सकिने सम्भावना पनि रहेकाले निर्माणले गति लिन नसक्ने देखिएको छ । गृह मन्त्रालयका अनुसार शनिवार दिउँसोसम्म मुलुकका ६३ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । गतवर्ष जस्तो आयोजनाको साइटमा आवतजावत गर्न अवरोध नभएको, प्रशासनबाट पनि सहजीकरण भइरहेकाले निर्माण कार्य जारी देखिए पनि अहिले यो क्रम सुस्त बनेको आयोजना प्रमुखहरू बताउँछन् । यसले वार्षिक भौतिक तथा वित्तीय प्रगतिमा पनि प्रभाव पार्ने उनीहरूको भनाइ छ । अर्काेतर्फ निषेधाज्ञा र कोरोना संक्रमण फैलने त्रासमा पनि आयोजना स्थलमा कामदारहरू आउन इच्छुक नदेखिएको पाइएको छ । यस्तै निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक अर्जुन अर्यालले काम रोकिएको अवस्था नभए प्रगतिमा भने प्रभाव देखिन थालेको बताए । ‘निर्माण व्यवसायीहरूले अहिले जति प्रगति गर्नुपर्ने हो, त्यो यस्तो अवस्थामा गर्न सक्दैनौं भनेका छन्,’ अर्यालले भने, ‘हामीलाई म्याद थप चाहिन्छ र पछि म्याद थपका लागि दाबी गर्नेछौं भनेर व्यवसायीहरूले चिठी लेखी अर्ली वार्निङ दिएका छन् ।’ आयोजनाले कोभिड देखिनुपूर्व रू. ४ अर्ब ७७ करोड थप बजेट मागेको थियो । तर, कोभिडकै कारण काम गर्न सकिने सम्भावना कम भएपछि घटाएर अहिले रू. २ अर्ब ४७ करोड बजेट माग गर्ने तयारी गरिएको उनको भनाइ छ । अहिले स्टकमा भएका निर्माण सामग्रीले काम भइरहेको छ । हुलाकी राजमार्ग आयोजनाका निर्देशक रोहितकुमार विसुरालले निषेधाज्ञाले भन्दा बढी बजेट नपाएर समस्या परिरहेको बताए । फागुनमा थप रू. ६ अर्ब बढी बजेट माग गरे पनि हालसम्म नपाएको गुनासो उनको छ । ‘अहिले गतवर्ष जस्तो प्रहरी प्रशासनबाट कुनै खालको रोकावट छैन र सहजीकरण पनि भएको छ,’ विसुरालले भने, ‘तर, कामदारहरूले कोरोनाको त्रासले साइट छाडेर जान थाल्दा काममा असर परेको छ ।’ निषेधाज्ञाका बीच पनि सहजीकरण भए पनि यति नै बेला बजेट नहुँदा काममा लगाउने वातावरण पनि नभएकाले असर देखिन थालेको जानकारी दिँदै उनले भने, ‘वार्षिक प्रगतिमा असर देखिने निश्चित छ । चैत मसान्तसम्म भौतिक प्रगति ६१ प्रतिशत भइसकेको छ, लक्ष्य भने ८६ प्रतिशत पुर्‍याउने छ ।’ बजेट नहुँदा अहिले काम भइसकेको भुक्तानी रू. २ अर्ब निर्माण व्यवसायीलाई दिन बाँकी रहेको उनले बताए । वैशाखको शुरूदेखि कोभिडको असर देखिएकाले निर्माणाधीन आयोजनामा असर पर्ने देखिएको हो । नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ खण्डलगायत अन्य ठूला पूर्वाधारका आयोजनाहरूको निर्माणमा प्रभाव देखिन थालेको छ । निर्माण व्यवसायीहरूले पनि निषेधाज्ञाले गर्दा निर्माण उद्योग प्रभावित बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले चैतदेखि कात्तिक मसान्तसम्मको अवधिलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मानेर सबै आयोजनाहरूको एकमुष्ठ १ वर्ष म्याद थप गर्न आग्रह गरेको छ । तर, नौबीसे–काठमाडौं सुरुङमार्गमा भने काम सुचारु रहेको छ । अहिले ६५० जना कामदारबाट निर्माण कार्य जारी छ । १४ जना कामदारमा भने कोरोना पोजिटिभ देखिएको आयोजना निर्देशक नरेशमान शाक्यले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर काम जारी राखेको उनले बताए । साइटभित्रै क्याम्प बनाएर कामदारहरू राखिएको जानकारी दिँदै उनले साइटमा ३२ जनासम्म अट्न सक्ने १० ओटा आइसोलेशन वार्डहरू बनाइएको बताए । दैनिक परीक्षण र अक्सिजनका साथै मेडिकल टीम पनि राखी सुरुङमार्ग निर्माणलाई निरन्तरता दिएको उनको भनाइ छ । ‘दोस्रो चरणको निषेधाज्ञाले खासै प्रभाव नपारे पनि निर्माण सामग्री ल्याउने स्थानमै केही समस्या भएमा प्रभाव पर्न सक्छ,’ शाक्यले भने, ‘कोरोनाका कारण फ्याक्ट्री नै बन्द भएमा समस्या आउला नत्र आउने छैन ।’ अहिले पास नदिने भन्ने कुरा आएकाले दिनका दिन आवतजावत गर्ने प्राविधिकहरूलाई पनि साइटमै राखेर काम गर्ने व्यवस्था मिलाउन लागिएको छ । आयोजनामा हालसम्म साढे ११ प्रतिशत प्रगति भइसकेको छ ।

आईपीएलमा कोरोना प्रभाव: कोलकताका दुई खेलाडी संक्रमित, आजको खेल स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने भनिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडी कोरोना संक्रमित भएपछि आजको खेल स्थगित भएको हो। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजे सुरु हुने निर्धारित थियो। जारी सिजनको आईपीएल सुरु हुनुअघि पनि धेरै…

कोरोना प्रभाव

रिनिशा शाक्य र विजय श्रेष्ठले हिउँदमा बिहे गरे । बिहे गरेर हनिमुन मनाउन विदेशको योजना नबनाउँदै कोरोनाको लकडाउन सुरु भयो । पढाइ सकेर मात्र सन्तान खोज्ने उनीहरूको चाहमा प्रश्न चिन्ह खडा भयो । वर्ष दिनसम्मको लकडाउन, विवाहित जोडी..... के चाहियो र? प्रेम फुल...

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

काठमाडौँ / कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल... The post महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या appeared first on Purbeli News.