एउटै विद्यार्थीबाट पटक पटक भर्ना शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र औपचारिक रूपमा सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र कुनै पनि प्रकारको अग्रिम शुल्क नलिन विद्यालयहरूलाई कडा निर्देशन दिएको छ। मन्त्रालयले हालै जारी गरेको पत्रमार्फत विभिन्न माध्यमबाट आएको गुनासो र सूचनाका आधारमा यस्तो कदम चालिएको जनाएको हो। मन्त्रालयका अनुसार केही विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै भर्ना प्रक्रिया अघि […]