एमालेको बैठक फेरि स्थगित

आइतबार स्थगित गरेर सोमबारका लागि बोलाइएको एमाले स्थायी समिति बैठक फेरि स्थगित गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सोमबार १० बजेका लागि बोलाइएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।  लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।  बैठकले स्पष्टीकरणमा परेका एमालेका १२ जना नेतालाई कारबाही गर्ने तयारी गरेको छ । यसअघि एमालेका माधव कुमार नेपाललगायत ११ जनालाई एमालेले निष्काशन गरिसकेको छ । 

सम्बन्धित सामग्री

धनुषा एमालेको जिल्ला बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा एमाले धनुषाको जिल्ला कमिटीको बैठक स्थगित गरिएको जनाइएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म धनुषा एमालेको बैठक स्थगित गरिएको अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।धनुषाको पालिका तथा वडा अधिवेशन पूर्णरुपमा सम्पन्न नभएको भन्दै अध्यक्ष यादवले बैठक स्थगित गरिएको स्पष्ट पारे । उनले बैठकबाट जिल्ला अधिवेशनको मिति तोक्ने भएकाले तत्काल अधिवेशन हुन बाकी रहेका पालिका तथा वडामा अधिवेशन सम्पन्न गर्ने बताए । त्यसपछि जिल्ला अधिवेशनको तयारीका लागि जिल्ला बैठकको मिति तोकिने

सदस्यता नवीकरण र विधान महाधिवेशन तयारीका लागि एमालेको बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दै छ। च्यासल स्थित तुल्सिलाल प्रतिष्ठानमा आइतवार ३ बजे बैठक बस्न लागेको हो। शनिवार पनि स्थायी कमिटीको बैठक बसेकोमा एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो। आजको बैठकमा मुख्यगरि पार्टीको सांगठनिक विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 'मलुभूत रुपमा सांगठनिक विषयमा…

एमाले बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूलाई कारबाही गर्नेबारे छलफल भएको थियो ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा भएको बैठकमा केही केन्द्रीय सदस्यहरूले आजै कारबाही गर्नुपर्ने भन्दै होहल्ला समेत गरेका थिए ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन एमालेको बैठक बसेको हो ।  आइतवार बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहन नस...

सुदूरपश्चिममा एमालेको बैठक दुई पटक स्थगित, अर्को बैठक बुधबार विहान

११ जेठ, धनगढी । मंगलबार दुई पटकसम्म बैठक बस्न नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक तेस्रो पटक पुनः बोलाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बुधबार बिहान सवा ८ बजे बस्ने गरी बैठक बोलाएका हुन् । एमाले संसदीय दलको कार्यालयबाट प्रदेशसभा सदस्यहरुलाई एसएमएस मार्फत बैठकमा बोलाइएको एक जना प्रदेशसभा सदस्यले […]