जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी, यत्तिकै छाड्न नहुने सदस्यहरूकाे भनाइ !

काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ ।आज मङ्गलवार बसेको समितिको बैठकले आजसम्म बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा छलफल गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भ...