फिजियोथेरापिस्ट सुरज भुसाल मछिन्द्र क्लबमा आवद्ध

राष्ट्रिय फूटबल टोलीका पूर्व फिजियोथेरापिस्ट सुरज भुसाल शहीद स्मारक ए डिभिजन लिगका लागि मछिन्द्र क्लबमा आवद्ध भएका छन् ।  अर्थोप्लास्ट रिह्याब सेन्टरका आर्थोपेडिक एण्ड स्पोर्टस फिजियोथेरास्टि मेडिकल डाइरेक्टर समेत रहेका भुसालले मच्छिन्द्रसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कात्तिक २९ गतेबाट ए डिभिजन लिग शुरू हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले यसअघि नै जनाइसकेको छ । भुसालले ए डिभिजन लिग अवधिभर टोलीका खेलाडीको मैदान बाहिर र भित्र सबै खाले फिजियोथेरापी र प्रारम्भिक स्वास्थ्य सेवाको जिम्मेवारी निर्वाह गर्नेछन् । भुस...