केपी–कमल सहकार्य, एकतासम्म पुग्ला ?

राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति  भएको छ । दुई नेताबीचको ‘राजनीतिक सहकार्य’ नयाँ भने होइन । तत्कालीन राप्रपामा हुँदा कट्टर हिन्दुवादी र राजावादी भएर पनि थापाले ओलीसँग सुमधुर सम्बन्ध राखेका थिए ।२०६२–०६३ सालको जनआन्दोलनपछि राजावादी पार्टी गठन गरेका थापा २०७० को चुनावबाट राजनीतिमा शक्तिशाली भएर उदाए । दोस्रो संविधानसभामार्फत उनको तत्कालीन पार्टी राप्रपाले समानुपातिकमा २४ सिट ल्याएसँगै उनल