जापानी प्रधानमन्त्रीले ताइवानलाई ‘देश’ भनेपछि चीन रुष्ट

एजेन्सी। जापानी प्रधानमन्त्री योसिहिदे सुगाले ताइवानलाई एक देश भनेर टिप्पणी गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ। चीन ताइवान द्विपलाई आफ्नो हिस्सा मान्छ। ताइवान पनि आफूलाई स्वतन्त्र देश भन्छ। जापानमा भने आमरुपमा ताइवानलाई क्षेत्र भनिन्छ। सुगाले यस्तो समय ताइवानलाई देश भनिदिए, त्यसबेला टोकियो र बेइजिङ थुप्रै मुद्दामा लामो समयदेखि आमनेसामने छन्। यसमा पूर्वी चीन सागरदेखि हङकङका मुद्दासमेत सामेल छन्।