हरेक दिन नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको भाउ

काठमाडौँ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ। यो दर सोमबार १२४.२४ रुपैयाँ थियो। एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो। युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ। युरो १३० रुपैयाँ ९५ […]

सम्बन्धित सामग्री

अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरोको भने बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले बिहीवारका लागि अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ५३ पैसा र विक्री दर १३१ रुपैयाँ १३ पैसा छ । अघिल्लो दिन (बुधवार) डलरको मूल्य बढेको थियो । बुधवार बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्री दर १३१ रुपैयाँ ३७ पैसा तोकेको थियो । आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ १९ पैसा र विक्री दर १४४ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो दिन भने १ युरोको खरीद दर १४४ रुपैयाँ ०७ पैसा र विक्री दर १४४ रुपैयाँ ७३ पैसा तोकिएको थियो । त्यसैगरी, आज अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । आज १ अस्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ १८ पैसा र विक्री दर ८६ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीद दर ८७ रुपैयाँ ०५ पैसा र विक्री दर ८७ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार पनि अमेरिकी डलरको भाउ २९ पैसाले घटेको छ । यसअघि मंगलबार १८ पैसाले उक्त डलरको भाउ घटेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अघिल्लो दिन […]

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।...

अमेरिकी डलरको भाउ तीन दिनदेखि स्थिर, अन्य केही देशको घट्यो

काठमाडौँ– अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ पछिल्लो तीन दिन देखि स्थिर रहेको जनाएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ। युरो, बेलायती पाउण्ड र कतारी रियालको मूल्य […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- अमेरिकी डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार  अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ । युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो […]

अमेरिकी डलर अहिलेसम्मकै महँगो, १ डलरको १२४ रुपैयाँ २५ पैसा

वैशाख २७, काठमाडौं । नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा कायम गरेको छ ।  डलरको विक्रीदर भने १२४ रुपैयाँ २५ पैसा तोकिएको छ । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १२४ रुपैयाँ २५ पैसा खर्च गर्नु पर्नेछ । नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो । अघिल्लो दिन पनि डलरको भाउले नयाँ उचाई छोएको थियो ।  सोमवार अन्तरराष्ट्रिय मुद्रा बजारमा डलर सूचक १०४ दशमलव १९ अंकमा उक्लिएको थियो । यो सन् २००२ को जुलाई यताकै उच्च हो । डलर बलियो भएसँगै भारतीय रुपयाँको भाउ डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा ओर्लिएपछि यसको सिधैं असर नेपाली रुपैयाँमा देखिएको हो । नेपाली रुपैयाँलाई भारतीय रुपयाँसँग आबद्ध गरिएको छ ।  अर्थात् यी दुई मुद्राबीच स्थिर विनिमय दर कायम छ । डलर भारुको विनिमय दरको असर सोझै नेपाली रुपैयाँमा देखिन्छ । सोमबारको कारोबारमा प्रतिडलर भारुको भाउ ७७ रुपयाँ ३१ पैसासम्म आएको थियो ।  अमेरिकाले गएको हप्ता २ दशकयताकै उच्च दरमा ब्याजदर बढाएपछि डलरको भाउले हालैका दिनमा टेवा पाइरहेको छ । डलर बलियो भएको र अमेरिकी ऋणपत्रको प्रतिफल पनि बढेको अवस्थामा विदेशी लगानीकर्ताहरुले भारतीय बजारबाट लगानी झिक्न थालेका छन् । यसले रुपयाँको भाउ दबाबमा आएको छ ।  महँगी नियन्त्रण गर्न फेडले यस वर्ष आक्रामक रुपमा ब्याजदर बढाउने संकेतले पनि डलरको भाउ बढाइरहेको छ । पछिल्लो समय सेभ हेभन एसेटको रुपमा डलरमा लगानी बढिरहेको अवस्थाले पनि यसको भाउ उकालो लागिरहेको हो । सोमवार मुद्रा बजारमा यूरो, येन, पाउन्डलगायत मुद्रा डालोमा आबद्ध अधिकांश मुद्राको तुुलनामा डलरको भाउ बढेको थियो ।

डलरको भाउ घट्यो, यस्तो छ अन्य मुलुकको विनिमय दर

अघिल्लो दिनको तुलनामा आज शुक्रबार डलरको भाउ केही घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा र बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो । यस्तै आज यता युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्

अमेरिकी डलरको भाउ बढ्यो, अरु देशको मुद्राको विनिमयदर कति छ ? हेर्नुस्

काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको विनिमयदर बृद्धि भएको छ । यो दिन अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा

डलरको भाउ बढ्यो, विदेशबाट पैसा पठाउनेलाई फाइदा

काठमाण्डौ – भदौ महिनाको पहिलो हप्ता अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको पहिलो दिन आइतबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा थियो । सोमबार पनि डलर यही भाउमा कारोबार भयो । मंगलबार भनेर डलरको भाउ थोरैले बढेर खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ...