प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन वार्ता

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन  वार्ता भएको छ । प्रधानमन्त्री देउवालाई  आइतवार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिनुभएका मोदीले सोमवार भने टेलिफोनमा कुराकानी गर्नुभएको हो ।  उक्त अवसरमा आगामी दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने  बारे कुराकानी भएको कुरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ ।  यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन टेलिफोन वार्ता मार्फत दिनुभएको छ ।  प्रधानमन्त्री देउवाले आइतवार राती संसदमा १६५ जना सांसदहरुबाट विश्वासको मत हासिल गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीको बधाई आएको हो ।