म्याग्दीमा मध्य असारसम्म २५ प्रतिशत मात्र रोपाइँ : मल नपाउँदा, समयमै पानी नपर्दा किसान चिन्तित

म्याग्दी – म्याग्दीमा यस वर्ष मध्य असार सकिनै लाग्दा जिल्लाभर जम्मा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ । रोपाइँ गर्ने समयमा पानी नपर्नु, किसानले समयमै मल–बिउ नपाउनु र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको हो ।  समयमै किसानले रोपाइँ गर्नका लागि मल नपाउनु र पर्याप्त पानी नपर्दा अहिलेसम्म जिल्लाभर २५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । असार महिनाको आधा समय सकिनै लाग्दा पनि अहिलेसम्म रोपाइँ गर्ने मल–बिउ नपाउनु र मनसुनी वर्षा हुन नसक्दा किसान चिन्तित बनेका...