पाकिस्तानी प्रधानमन्त्री खानको भारतलाई धम्की– कश्मीर मसला सुल्झिए परमाणु बम आवश्यक पर्दैन

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुनः एक पटक भारतलाई धम्की दिएका छन्। परमाणु हतियार पाकिस्तानको सुरक्षाको लागि जरुरी रहेको उनले जनाए। “परमाणु हयितार भएपछि दुई देशबीच सीमामा झडप भएको छ, तर युद्ध भएको छैन। अमेरिकाले चाहे कश्मिर समस्या समाधान हुन्छ। कश्मीर सम्झौता भए दुवै देश शान्तसँग बस्न सक्छन्। त्यसपछि परमाणु हतियार राख्न जरुरी हुँदैन,” उनले भने।