राष्ट्रिय सभामा तथ्यांक विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘तथ्यांक विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको व्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए । राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्व सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पूर्व सांसद तामाङको निधनप्...