किसानलाई प्रेरित गर्न गाउँपालिकाले शुरु गर्‍यो ड्रागन खेती

साउन २८, वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।            ‘सिंचाइका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका हौं’, अध्यक्ष थापाले भने, ‘शुरुको चरणमा स्थानीय किसान, कृषक समूह र सहकारीलाई यो खेतीका लागि प्रोत्साहन गर्ने नीति लियौं, तर यहाँका लागि नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै शुरुवात गरेको हो ।’            गत वर्ष ३ हजार बिरुवा लगाइएकामा यस वर्ष १ हजार ८०० बिरुवा थप गरी कुल ४ हजार ८०० बिरुवा लगाइएको छ । उनका अनुसार  सुक्खा ठाउँ, पानी थोरै भए पनि हुने र यहाँको हावापानी तथा माटोअनुसार यस्तो खेतीको सम्भावना रहेको छ । उनले यसको व्यावसायिक उत्पादन यहाँ सम्भव छ भन्ने देखाएर किसानलाई प्रेरित गर्नका लागि पनि गाउँपालिका आफैंले प्रारम्भ गरेको हो ।            अहिले गाउँपालिकाले इच्छुक किसान, कृषक समूह तथा सहकारीलाई बिरुवामा ५० प्रतिशत अनुदान र पोलमा शतप्रतिशत अनुदानसहित आवश्यक प्राविधिक तालिम तथा सहयोग उपलब्ध गराउँदै आएकाले किसान यसप्रति आकर्षित भएका छन् । गाउँपालिकाले बिरुवा उत्पादन गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै छ । ५० ओटाभन्दा धेरै बिरुवा लगाउने किसान, समूहलाई ५० प्रतिशत अनुदान तथा पोल निःशुल्क उपलब्ध गराइएको छ । यो खेती विस्तारका लागि गाउँपालिकाले हालसम्म ८५ लाख रुपैयाँ लगानी गरिसकेको छ ।            ठूला–ठूला समथर बारीका पाटा भएर पनि सिँचाइको अभाव भएकाले लिफ्टिङ गरी पानी तानेर सिंचाइको व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।विस्तारै किसान यस खेतीतर्फ आकर्षित हुँदै गएकाले यहाँको किसान, समूह सहकारीका लागि आम्दानीको स्रोत बन्न सक्ने उनले जानकारी दिए ।          किसान, समूह तथा सहकारीले उत्पादन गरेका बिरुवा तथा फलको विक्रीको व्यवस्था गाउँपालिकाले ने गरिदिने भएको छ । यहाँको गहना तथा नमूनाका रूपमा यो खेती विस्तार गरिएको प्राविधिक गम्बरसिंह थापाले बताए। गाउँपालिकाभित्र नौलो खेती भित्रिनाका साथै स्थानीयवासीले रोजगारीसमेत प्राप्त गरेका छन् ।   रासस

सम्बन्धित सामग्री

तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’ मा

करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न छिन्।

‘ड्रागन’ खेती लगाउन शिक्षकलाई अनुदान: १४ लाख लगेर एउटा फल समेत फलाएनन्

राप्ती नगरपालिका ११ स्थित थाकलटारमा सरकारी अनुदानमा लगाइएको ‘ड्रागन’ खेती पूर्ण रुपमा असफल भएको छ।...

घरको छतमा ड्रागन खेती

काठमाडौँ,१६ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती […]

घरको छतमा ड्रागन खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।“तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उनले भने, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।” यो खेती अहिले परिवारको जीविकोपार्जन गर्

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

स्याङ्जाको वालिङमा ड्रागन खेती

स्याङ्जाको वालिङ नगरपालिका १ धरमपानीमा व्यावसायिकरुपमा ड्रागन फ्रुट खेती सुरु गरिएको छ । २ वर्षअघि कालिगण्डकी गाउँपालिकाको सहयोगमा स्थानीय कृषकले स्याङ्जामा व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका थिए ।वालिङका कृष्णप्रसाद ढुङ्गानाले गएको फागुनदेखि व्यावसायिकरुपमा ड्रागन फ्र्ट खेती सुरु गरेका हुन् । ८० रोपनी जमिन भाडामा लिएर झण्डै ४ हजार बिरुवाबाट उनले व्यावसायिक रुपमा ड्रागन खेती […]

ड्रागन खेती

चितवनको दिव्यनगरस्थित गंगाश्री बहुउद्देश्यीय कृषि फार्ममा गरिएको ड्रागन खेती। प्रदेश सरकारको ५० प्रतिशत अनुदान सहयोगमा करिब दुई वर्ष अघिबाट सुरु गरिएको ड्रागन खेतीले अहिले उत्पादन दिन थालेको छ। तस्बिरः राजेश घिमिरे/सेतोपाटी

सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती : RajdhaniDaily.com

RajdhaniDaily.com |   चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै भुमिमा नयाँ - ड्रागन खेती

सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती

चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै भुमिमा नयाँ काम गर्ने सोचका कारण विदेश छाडेर नेपालमा कृषिमा सकृय । भरतपुर महानगरपालिका– २६ दिब्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ ताइबहादुर गुरूङले तिन विघा जमिनमा ड्रागन फ्रुट […] The post सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.