एनआरएनए आईसीसी महासचिवमा डा पौडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्टिय सम्मेलन तथा महाधिवेशनबाट आगामी नेतृत्वका लागि डा केशव पौडेलले महासचिवको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले कुल आचार्यको टिमबाट महासचिवमा उम्मेदवारी दिने जनाउनुभएको हो । एनआरएनए एनसीसी अमेरिकामा दुर्इपटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभका लोकप्रिय एनआरएन अभियन्ता डा. पौडेल एनसीसीहरुलाई बलियो बनाउने एजेन्डा सहित आफुले संघको केन्द्रीय महासचिवमा उम्मेदवारी दिन लागेको …