बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी।बेलायतका स्वास्थ्यमन्त्री म्यान हेनककले पदबाट राजीनामा दिएका छन्।सामाजिक दुरीका नियमको उल्लंघन गर्दै स्वास्थ्य मन्त्रालयका काम गर्ने नन–एक्जिक्युटिभ निर्देशक गीना कोलाडंगेलोलाई किस गरेको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका हुन्। उनले कोरोना नियन्त्रणका लागि जारी दिशानिर्देश उल्लंघन गरेकोमा माफी समेत मागेका छन्। प्रधानमन्त्री बोरिस जोनसनले स्वास्थ्यमन्त्रीको राजीनामाले आफू दुःखी भएको प्रतिक्रिया दिएका छन्। उनले साविक जाभेदलाई स्वास्थ्यमन्त्रीको जिम्मा दिएका छन्।