टिकटकका सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

१७ असोज, काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले प्रविधि उद्योगको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । चिनिया एप टिकटक १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको एप बन्न सफल भएको छ । एक ब्लग पोस्ट मार्फत् टिकटकले सोमबार यस्तो जानकारी गराएको हो । यो सँगै टिकटक गुगल तथा फेसबुकको स्वामित्वमा रहेका बाहेक १ अर्ब सक्रिय प्रयोगकर्ता […]

सम्बन्धित सामग्री

१८६०.२० विन्दुमा नेप्से, १ अर्ब ३४ करोड बराबरको शेयर कारोवार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ९ दशमलव ८७ अंक बढेर बन्द भएको छ । यससँगै परिसूचक १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको हो । बुधवार बजार २० दशमलव ६७ अंक बढेर बन्द भएको थियो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । यसरी हेर्दा बजारमा लगानीकर्ताको सक्रियता बढेको देखिन्छ । २९२ धितोपत्रको ४४ लाख २० हजार ५१८ कित्ता शेयर ४८ हजार ४९३ पटकमा रू. १ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ । लामो समयदेखि घटेको बजारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेको छ । यस कारण पनि बजारमा क्रेता सक्रिय हुने जानकारहरू बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८७ प्रतिशत वृद्धि भएको छ ।  बिहीवार कारोबारमा आएका धितोपत्रमध्ये बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३४८ दशमलव ५० पुगेको छ । त्यस्तै थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५८ प्रतिशत बढेर रू. ३८१ दशमलव १० पुगेको छ ।  बिहीवार सबैभन्दा बढी नबिल बैंकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव २० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१५ मा झरेको छ । गत आवको मुनाफाबाट यस कम्पनीले शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेपछि विक्रेता हाबी भएका हुन् । त्यस्तै दोस्रोमा किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ७८ प्रतिशत घटेर रू. ६६७ मा कायम भएको हो ।  यस दिन सर्वाधिक शेयर खरीदविक्री पनि नबिल बैंकको भएको छ । यस कम्पनीको रू. १३ करोड १० लाख बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छ । कम्पनीको रू. ९  करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ३७ प्रतिशत बढेको छ । सबैभन्दा बढी बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव  ७२ प्रतिशत घटेको छ ।

फेसबुकको नाम फेर्न एलन मस्कको प्रस्ताव, जुकरबर्गलाई १ अर्ब डलर दिने

सोसल मिडिया प्लाटर्फम एक्सका मालिक एलन मस्क आफ्ना अभिव्यक्ति तथा क्रियाकलापहरुका कारण बारम्बार चर्चामा आइरहन्छन् । गतवर्ष ट्वीटर (हाल एक्स) खरिद गरेयता उनी धेरै नै सक्रिय भएका छन् । ट्वीटरको नाम परिवर्तन गरी एक्स बनाएका एलन …

घटेको बजारमा क्रेता सक्रिय भएसँगै अन्तिम समयमा बढ्यो नेप्से, ९.२५ अंकको वृद्धि

काठमाडौं । बुधवार उतारचढाव देखिएको नेप्से परिसूचक ९ दशमलव २५ अंक अर्थात् शून्य दशमलव ४४ प्रतिशत बढेको छ । घटेको बजारमा दिनको कारोबार सकिनुअघि क्रेता सक्रिय भएपछि परिसूचक बढेको हो । बुधवार परिसूचक २ हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको हो । यस दिन नेप्से परिसूचक न्यून विन्दु २ हजार ६२ सम्म झरेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच दिन (गत आइतवार)सम्म घटेकाे बजार सोमवार ५ अंक बढेको थियो । गत मंगलवार भने नेप्से परिसूचक २८ अंक घटेको थियो ।   बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत वृद्धि भएको छ ।  २६९ धितोपत्रको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटकमा रू. १ अर्ब ८१ करोड बरावरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आरविवि म्युचुअल फण्डको इकाई मूल्य सबैभन्दा बढी ४ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । यससँगै फण्डको इकाई मूल्य रू. ७ दशमलव ८० पुगेको हो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४ दशमलव ०३ प्रतिशत बढेर रू. ५६८ पुगेको छ ।  बुधवार प्रभु स्मार्ट फण्डको इकाई मूल्यमा नेगेटिभ सर्किट लागेको छ । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३७ मा झरेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य ४ दशमलव ५८ प्रतिशत घटेर रू. ७ दशमलव ३० कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ११ करोड १९ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९६ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको सानिमा बैंकको प्रमोटर शेयरको रू. ८ करोड ९० लाख बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत, लघुवित्त समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ०६ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ६९ प्रतिशत बढेको छ ।

फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता १ अर्ब ९६ करोड

सन् २०२२ सुरु भएयता फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या पुनः बढ्न थालेको छ । कम्पनीको आम्दानीको वृद्धिदर एक दशक यताकै सबैभन्दा कम रहेको रिपोर्ट आइरहेका बेला यो वर्ष फेसबुकले आफ्ना प्रयोगकर्ता गुमाउने क्रम भने रोकिएको छ । फेसबुकको मातृ कम्पनी मेटाले बुधबार सार्वजनिक गरेको सन् २०२२ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा […]

नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल यी भिडियो विदेशका हुन्

विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरु सक्रिय रहेको भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरुको वृद्धिसँगै भ्रामक सूचना फैलिने क्रम पनि बढेको छ । नेपालमा हालै भएको वर्षाका कारण देशका विभिन्न भूभागमा आएको बाढी र पहिरोसम्बन्धी विभिन्न भिडियो र सुचनामुलक सामग्री टिकटकमा व्यापक रुपमा शेयर गरिएको छ ।

१ अर्ब नाघ्यो टिकटकका सक्रिय प्रयोगकर्ताको संख्या

असोज १३, पेचिङ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकका मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब नाघेका छन् ।   सन् २०१८ को जनवरीमा टिकटकका ५ करोड ४० लाख सक्रिय प्रयोगकर्ता थिए । गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा भने टिकटक चौथो स्थानमा थियो ।  बजारमा स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, पिनट्रेस्ट, युट्युवजस्ता कम्पनीहरु टिकटकजस्तै फिचर उपलब्ध गराएर प्रयोगकर्ता तान्ने होडमा छन् ।  ‘मासिक रुपमा विश्वका १ अर्बभन्दा बढी प्रयोगकर्ता अब टिकटकमा जोडिएका छन’, कम्पनीलेले ब्लगमा भनेको छ, ‘जहाँबाट उनीहरूले सिक्ने, हाँस्ने र केही नयाँ जान्ने अवसर पाएका छन् । हामी यति धेरै प्रयोगकर्ताको घर, साना- साना व्यवसायीको बिजनेश प्लेटफर्म, सेलिब्रेटीको आफ्ना फलोअरसँग भेट्ने माध्यम हुन पाउँदा खुशी छौं ।’ टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप २ अर्बपटक डाउनलोड गरिएको छ । एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ ओटाभन्दा बढी देशमा उपलब्ध छ । यीमध्ये १३५ ओटा देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसमाथि अमेरिकामा प्रतिबन्ध लगाउन खोजेको भएपनि विश्वभर यसको लोकप्रियता निरन्तर चुलिरहेको छ । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा शुरुमा चिनिए पनि पछिल्ला दिनमा बजार प्रवर्द्धन  तथा व्यापार विस्तारमा पनि  यो बहुआयामिक बन्दै गइरहेको छ ।एजेन्सीहरु

इन्स्टाग्राम चलाउनुहुन्छ ? यी फिचर्स जानिराख्नुस्

फेसबुक मातहतको सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम अत्यन्तै लोकप्रिय फोटो शेयरिङ प्लाटफर्म हो । खासगरी युवापुस्तामाझ बढी लोकप्रिय रहेको इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्या झण्डै १ अर्ब छ । प्रयोगकर्ताहरुको रुची, आवश्यकता तथा सोसल मिडिया प्लाटफर्महरुमा आइरहेको नयाँ प्रविधि तथा सुविधाहरुलाई ध्यानमा राख्दै इन्स्टाग्रामले पनि नयाँ नयाँ फिचरहरु थप गर्दै आएको छ । यदि तपाइँ भर्खरै […]