चितवनमा हावाहुरीले तीनजनाको मृत्यु, एक घाइते

चितवन : हावाहुरीका कारण तीनजनाको मृत्यु भएको छ। फरकफरक ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको मृत्यु भएको हो। यस्तै भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन्। रुख ढलेर अटोलाई थिचेको  जानकारी दिए।  घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो

सम्बन्धित सामग्री

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते

बुधबार विहानबारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक  एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका …

रुसमा विस्फोट, तीनजनाको मृत्यु

पश्चिमी रुसको रियाजान सहरनजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु भएका छ । अन्य ६ जना घाइते भएका छन् ।  रुसी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार एउटा इन्धन ट्यांकरमा...

सुस्तामा डुंगा पल्टिँदा तीनजनाको मृत्यु, दुई गम्भीर

पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ ।  मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा...

जिप दुर्घटनामा तीनजनाको मृत्यु, १२ घाइते

रोल्पाको सुनीलस्मृति गाउँपालिका– ४ सुलिचौर सेवा केन्द्रनजिनकै बुधबार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १२ यात्रु घाइते भएका छन् । उनीहरूमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।  मृत्यु हुनेमा...

अछाममा पहिरोले तीनजनाको मृत्यु, एक घाइते

काठमाडौं : तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले तीनजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।४५ वर्षिय हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीया संविधान विष्ट रहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिए।गएराति पहिरोसँगै रुखले थिच्दा घर भत्किँदा उनीहरूको मृत्यु भएको हो। ६२ वर्षकी नैना विष्ट घाइते भएकी छिन्। विष्टको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए ।

भक्तपुरमा रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु

भक्तपुरको सल्लाघारीमा रूख ढलेर गुडिरहेको सवारीसाधनलाई किच्दा घाइते भएका तीनजनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताएका छन्। अपराह्न १२...

रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु

गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु छ । अरु ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो । दुर्घटनामा मुसिकोट नगरपालिका(२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका(३ […]

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

चट्याङबाट तीनजनाको मृत्यु, ४ घाइते

३ वैशाख, काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया मनमाया राई, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया रोहिता मगर र बागलुङको ताराखोला […]