बाँकेमा सङ्क्रमण दर घट्यो, निषेधाज्ञामा छुट गर्न माग

एक महिना अघि कोरोना हटस्पट बनेको बाँके जिल्ला विस्तारै सङ्क्रमण शून्य हुने क्रमतिर बढ्दै गएको छ । एकैदिनमा ७ सयसम्म संक्रमति फेला परेको जिल्लामा अहिले सङ्क्रमण घटेर दैनिक दुई अङ्कमा झरेको छ । गत केही दिनयता सय भन्दा पनि कम संक्रमित थपिन थालेको र मृत्यु हुनेहरुको पनि संख्या घट्दै गएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना सहजकर्ता तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कुनै बेला संक्रमण नियन्त्रण बाहिर गएर जनमानसमा भयावह त्रास र आतंक सृजना भएपनि सबैको सामुहिक प्रयासले अहिले संक्रमण दुई अंकमा झरेको बताउनुभयो ।