ताप्लेजुङ र धादिङमा पहिरो, ३ जनाको मृत्यु

ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।  ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।