पहिलो पटक घट्यो हुवावेईको आम्दानी, मुनाफामा चाहीं उच्च वृद्धि

चैत १५, काठमाडौं। चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईको आम्दानी पहिलो पटक घटेको छ । अमेरिकाले कम्पनीमाथि लगाएको प्रतिबन्धका कारण आम्दानीमा कमी आएको हो ।  सन् २०२१ मा कम्पनीले ६ खर्ब ३६ अर्ब ८० करोड युआन (९९ अर्ब ९० करोड डलर) आम्दानी गरेको छ । सन् २०२० को तुलनामा यो २८ दशमलव  ५ प्रतिशत कम हो । हुवावेईको आम्दानी घटेको यो कम्पनीले आर्थिक प्रतिवेदनहरु सार्वजनिक गर्न थालेयता पहिलो पटक हो ।  कम्पनीकी प्रमुख वित्तीय अधिकारी मङ वान्चाउका अनुसार अमेरिकाले लगाएको प्रतिबन्ध, आपूर्तिमा देखिएको चुनौती र चीनमा फाइभ जीको मागमा आइरहेको सुस्ती आदिका कारण आम्दानी घटेको हो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको पालामा  हुवावेईलाई कालो सूचीमा राखिएको थियो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण विश्वको स्मार्टफोन बजारमा हुवावेईको हिस्सा घटेको छ ।  आम्दानी घटेको भएपनि गत वर्ष कम्पनीको मुनाफा भने बढेको छ । गत वर्ष कमपनीको खूद मुनाफा १ खर्ब १३ अर्ब ७० करोड युआन रहेको छ । यो सन् २०२० को तुलनामा ७५ दशमलव ९ प्रतिशत धेरै हो । हुवावेई पब्लिक कम्पनी होइन । तर यसले वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । एजेन्सी

सम्बन्धित सामग्री

सेयर बजार घट्दा माइक्रोफाइनान्स समूहमा उच्च वृद्धि

२० चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो । १०९ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो […]

भारतमा निर्यात घट्यो, चीन र अन्य मुलुकमा बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको साउनमा छिमेकी देश भारतसँगको निर्यात घटेको छ भने चीनलगायत अन्य मुलुकसँगको निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज)  सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।  तथ्यांक अनुसार समीक्षा अवधिमा भारततर्फको निर्यातमा २०.८ प्रतिशतले कमी आएको छ । यस्तै, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ ।  चीनलगायत अन्य मुलुकमा निर्यातमा उच्च वृद्धि भए पनि समग्रमा नेपालको निर्यात ८.७ प्रतिशतले घटेको छ । यसको कारण हो- भारततर्फको निर्यात घट्नु । नेपालले गर्ने निर्यातमा भारततर्फको हिस्सा उच्च भएकाले त्यहाँको निर्यात घट्दा नेपालको निर्यात घट्ने गरेको छ ।  वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौँ दिन बिहीबार उच्च अंकले घटेकाे छ ।  कारोबारको सुरुवातदेखि नै ओरालो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो । बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलव ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि […]

४५ अंकले घट्यो नेप्से, ट्रेजरी बिलको ब्याजदर वृद्धि प्रभाव कि सामान्य करेक्सन ?

१० साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट भएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो । दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा […]

१४.५४ अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोड पनि पुगेन

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकले गिरावट भएको छ । साताको सुरुवाती दुईदिन लगातार घटेको नेप्से तेस्रो दिन अर्थमन्त्री र धितोपत्र बोर्डको अध्यक्षले 'केही आश्वसन' दिएपछि ६० अंकको उच्च वृद्धि भएको थियो । तर, साताको चौँथो कारोबार दिन बिहीबार र अन्तिम कारोबार दिन आज पनि...

नेप्से सामान्य अंकले घट्यो, बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब

काठमाडौँ : लगातार बढिरहेको सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन भने सामान्य अंकले घटेको छ । ० दशमलव ३ प्रतिशतले घटेर नेप्से २९८५.५७ बिन्दुमा पुगेको हो । दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । लक्ष्मी उन्‍नति कोष र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आठ समूहका परि…

नेप्से सामान्य अंकले घट्यो, बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब

काठमाडौँ : लगातार बढिरहेको सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन भने सामान्य अंकले घटेको छ । ० दशमलव ३ प्रतिशतले घटेर नेप्से २९८५.५७ बिन्दुमा पुगेको हो । दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । लक्ष्मी उन्‍नति कोष र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आठ समूहका परि…