विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए ।उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए । २०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्या