महालेखाको ठहर, सर्वोच्चको फैसला र अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा

काठमाडौँ  । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब रुपैयाँ बराबर राजस्व सरकारी खातामा जम्मा भएको छ । महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औँल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा राखेर कार्यान्वयन प्रक्रिया अघि बढाएका थिए । सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको हो । आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले ‘फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायबाट कर असुली गर्ने र यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने’ उल्लेख गरेको थियो । त्यस्तै आर्थिक ऐनको दफा २७ मा संस्थाहरु एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) हुँदा सौदाबाजी गर्दा प्राप्त हुने लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्न लगाउने निर्णय व्यवस्था सरकारले राखेको थियो । यसरी निर्धारण भएको कर पनि मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने निर्णय सरकारले गरेको थियो । आर्थिक ऐनका यी व्यवस्थाबाट मङ्सिर मसान्तसम्ममा करिब रु १३ अर्ब बराबर राजस्व उठेको आन्तरिक राजस्व विभागले जनाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आर्थिक ऐनको दफा २६ र २७ को व्यवस्थाअनुसार शनिबार सम्ममा रु १२ अर्ब ८१ करोड हाराहारी कर असुली भएको बताए । “५०/६० वटा संस्थाबाट यस्तो कर उठाउनुपर्ने देखिन्छ । कुन संस्थाले कति कर तिर्नुपर्ने हो ? र सरकारले दिएको समयसीमाभित्र उनीहरुले तिरेर छुट सुविधा लिए/लिएनन् ? भन्नेबारे ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयबाट विवरण सङ्कलन भइरहेको छ”, मैनाली भने, “अहिलेसम्म रु १२ अर्ब ८१ करोड बराबर कर उठिसकेको भनेर प्रारम्भिक विवरण आएको छ । यसलाई हामी थप विश्लेषण गरिरहेका छौँ ।”  आर्थिक ऐनमा के छ ?  आर्थिक ऐन २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहासम्बन्धी व्यवस्था राखिएको छ । “कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरका रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर २०८० साल मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनको दफा २६ मा भनिएको छ । त्यस्तै, आर्थिक ऐन २०८० को दफा २७ मा मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको छ । “निकायहरु आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनमा भनिएको छ । सरकारको पक्षमा सर्वोच्चको फैसला अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत एफपिओ र बार्गेन पर्चेच गेनसँग सम्बन्धित कर असुली गर्ने व्यवस्था ल्याएपछि विभिन्न बैङ्क तथा वित्तीय संस्था र बीमाहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई दायर गरिएको रिट गत बिहीबारको संवैधानिक इजलासले खारेज गरिदिएको थियो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मी रहनुभएको संवैधानिक इजलासले उक्त रिट खारेज गरेपछि सरकारलाई कर असुल्न थप बाटो खुलेको थियो । यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने सरकारको घोषणाका कारण अधिकांश संस्थाहरुले शुक्रबार र शनिबार नै कर तिरेका छन् । कर उठाउनुपर्ने महालेखाको ठहर महालेखापरीक्षकको कार्यालयले पछिल्लो तीन वर्षदेखि आफ्नो प्रतिवेदनमा सरकारले यस्तो कर उठाउनुपर्ने उल्लेख गर्दै आएको छ । महालेखापरीक्षकको २०७७ सालको ५७औँ प्रतिवेदनमा एफपिओको प्रिमियम र मर्जर तथा एक्विजिसनको ‘बार्गेन पर्चेच गेन’ मार्फतको कर असुली गर्नुपर्ने उल्लेख छ । त्यसपछिका आफ्ना हरेक प्रतिवेदनमा महालेखाले यो विषय उठाइरहेको छ । विभिन्न कम्पनीले मुनाफा बाहेकको लाभांश वितरण गरेकामा त्यसबाट सिर्जित राजस्व छुट हुन गएको महालेखाले औँल्याएको भए पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले उक्त छुट भएको कर रकम असुल गर्ने प्रक्रिया अघि बढाएको थिएन । तर चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो कर उठाउने र करदातालाई सुविधाका रुपमा ब्याज छुट दिने व्यवस्था ल्याउनुभएको थियो । महालेखाको प्रतिवेदनले औँल्याएका विषयलाई सरकारले कानुन बनाएर कार्यान्वयन गरेको थियो । महालेखापरीक्षकको कार्यालयले शेयर प्रिमियमबाट भएको वितरणमा मुनाफा बाहेकको लाभको पनि कर तिर्नुपर्ने विषयलाई पनि औँल्याउँदै आएको छ । आयकर ऐन, २०५८ को दफा ५६ (३) मा उल्लेख भएको मुनाफा बाहेकको लाभांश रकममा तोकिएको अवस्थामा बाहेकका निकायको आयमा आयकर लाग्ने व्यवस्था छ । त्यस्तै, आयकर नियमावली, २०५९ को नियम १८ मा मुनाफा बाहेकको रकममा हिताधिकारी सेवा उपलब्ध गराइएको वा निकायको स्वामित्वमा रहेको सम्पत्ति हिताधिकारीलाई प्रयोगका लागि उपलब्ध गराइएको अवस्थामा निकायको आयमा समावेश गर्नु नपर्ने गरी तोकेको छ । यो विषयलाई पनि सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत कार्यान्वयन गर्न खोजेको छ । आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐनबमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ । रासस

सम्बन्धित सामग्री

लमजुङका प्रभावितद्वारा सर्वोच्चको फैसला कार्यान्यन गर्न ज्ञापन

लमजुङ । लमजुङमा डुम्रे–बेसीशहर सडक स्तरोन्नतीका प्रभावितहरूद्वारा सर्वोच्चको फैसला कार्यान्यन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयसहित सम्बद्ध कार्यालयमा ज्ञापन पत्र पेश गरेका छन् । सो सडकको लमजुङ खण्ड अन्तर्गत पर्ने जिल्लाको प्रवेश नाका पाउँदीदेखि सदरमुकाम बेसीशहरसम्मका प्रभावितहरूले सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदै यसअघि भएको सर्वोच्च अदालतको फैसाला कार्यन्वयन गर्न माग गरेका हुन् । डुम्रे–बेसीशहर सडक खण्डका […] The post लमजुङका प्रभावितद्वारा सर्वोच्चको फैसला कार्यान्यन गर्न ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चको फैसला जनतामाझ लैजाने एमालेको निर्णय

काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी एमालेले सर्वोच्च अदालतलको फैसलाप्रति विमती रहेको स्पष्ट पार्दै सो फैसलालाई जनतामाझ पुर्याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृती भवनमा बसेको केन्द्रीय कमिटिको बैठकले संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको भन्दै बैठकले […]

सर्वोच्चको फैसला : नेताहरुले के भने?

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेताहरु तथा कानुनविद्हरुले विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरुले सर्वोच्चको फैसला ऐतिहासिक भएको उल्लेख गर्दै सर्वोच्चले केपी ओलीको प्रतिगमनकारी कदमलाई रोक लगाएको र संविधानको रक्षा गरेको रुपमा लिएको जनाएका छन्। प्रस्तुत छ फैसलाका बारेका नेताहरुद्वारा व्यक्त प्रतिक्रिया पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डले […]

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी... The post सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास appeared first on Purbeli News.

वामदेवले भने- सर्वोच्चको फैसला सही छ

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेक...

सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय

काठमाडौँ– साविक नेकपा ओली पक्षले सर्वोच्च अदालतले आइतबार गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकले सर्वोच्चको फैसला स्वीकार गर्दै अघि बढ्ने निर्णय गरेको सांसद खिमलाल भट्टराईले जानकारी दिए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई... The post सर्वोच्चको फैसला स्वीकार गर्ने ओली पक्षीय संसदीय दलको निर्णय appeared first on Purbeli News.

सर्वोच्चको फैसला सही छ, फुट्न चाहनेलाई पनि बाटो खुल्यो – वामदेव गौतम

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेकपा...