शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार सो संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए ।उनीहरुले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती