सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमप्रति विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । सत्तारुढ दलका नेताहरूले कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको औँल्याएका छन् । विपक्षी दलका नेताहरूले भने धेरै कुरा समेट्न नसकेको र प्राथमिकीकरण समेत गर्न नसकेको टिप्पणी गरेका छन् ।