प्रिय फिल्म: एक लुटेराको कायाकल्प

दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा एउटा स्लम एरिया छ । स्लम अर्थात् एक सुकुम्बासी बस्ती ! यही बस्तीको एक लुटेरा हो– त्सोत्सी । त्सोत्सीको अर्थ नै लुटेरा, अर्थात् चोर ! फिल्मको केन्द्रीय पात्र हो– त्सोत्सी । उसकै संघर्षवरिपरि फिल्मको कथा घुमेको छ ।