काठमाडौँ। फिल्म ‘बाबरी’ को रिलिज मिति परिवर्तन भएको छ। ३१ भदौमा रिलिज हुन लागेको फिल्म सरेर १४ असोजमा पुगेको छ। निर्देशक सुरेन्द्र पौडेलले फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको जानकारी दिए।
अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ। बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन्।