चीन-पाकिस्तान सम्बन्धमा ‘दख्खल’ नदिन चेतावनी

चीनले पाकिस्तानसँगको आफ्नो सम्बन्धमा चासो नराख्न सबैको ध्यानाकर्षण गराएको छ। चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को सुरुवाती विन्दु पाकिस्तानको ग्वाडारमा संयुक्त जलसैनिक क्याम्प खोल्ने विश्वव्यापी अनुमान गरिएपछि मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा चीन पाकिस्तान सम्बन्धमा चासो नराख्न ‘बाहिरी संसार’को ध्यानाकर्षण गराएका हुन्।