काठमाण्डाै – प्रधानन्यायधीशसँग असन्तुष्ट भएर काम छाडेका सर्वाेच्च अदालतका न्यायाधीशमध्ये चार जना न्यायाधीशहरु नियमित काममा फर्किएका छन् ।न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका अरु सामान्य मुद्दाहरुमा पनि सुनुवाइ शुरु गरेका छन् । न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दी प्रत्यक्षीकरण मात्रै मुद्दा हेर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ८ वटा संयुक्त इजलास र २ वटा एकल इजला...