सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ : तालिबान

एजेन्सी।तालिबानले सबै विदेशी सैनिकले आगामी सेप्टेमबरसम्मा अफगानिस्तान छाड्नुपर्ने बताएकाे छ।तोकेको समयसीमाभित्र विदेशी सैनिकले अफगानिस्तान नछाडेमा उनीहरूलाई कब्जा गर्नेहरूका रूपमा लिइने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि अमेरिकी फौजसहित १ हजार विदेशी सेना बस्नसक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो।नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएसँगै अफगानिस्तानमा तालिबानको दबदबा बढेको छ।

सम्बन्धित सामग्री

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग

विदेशी सेना नहटेसम्म नयाँ सरकार नबनाउने तालिबानको घोषणा

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने बताएको छ ।  तालिवान समूहले सोमबार एएफपीमार्फत सो कुराको जानकारी दिएको हो । तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ ।” यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए ।अमेरिकाले उद्धार विस्तार गरेमा ’परिणाम’ दिने तालिबानको चेतावनीकाबुल विमानस्थल अस्तव्यस्

अफगानिस्तानमा तालिवान हावी- सबरगान सहरलाई कब्जामा लिएको दावी

अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ । अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको छ । यसअघि शुक्रबार तालिबानले दक्षिण …

तालिबानद्वारा अफगानिस्तानको एक प्रान्तीय राजधानी कब्जा

तालिबान विद्रोही संगठनले अफगानिस्तानको दक्षिणी पश्चिमी क्षेत्रस्थित एक प्रान्तीय राजधानी कब्जा गरेको छ। इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै तालिबानले पहिलोपटक ठूलो सहर कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन्।स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका हुन्। पछिल्ला केही सातादेखि विदेशी सेना फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो। उसले अफगानिस्तानका कयौं सीमा क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेक

अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, भिडन्त जारी

१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो । आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ । […]

तालिबानलाई हिंसा अन्त्य गर्न यूरोपेली राष्ट्रहरुको जोड

समाचार संस्था एएनआईका अनुसार फ्रान्स, जर्मनी, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकासहित, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्पेन, द नेदरल्याण्ड्स, स्वीडेन, संयुक्त अधिराज्यले संयुक्त वक्तब्य जारी गर्दै हिंसा अन्त्य गर्न जोड दिएको हो । अफगानिस्तानबाट नेटो नेतृत्वको सैन्य फित्र्ति अभियान सुरु भए लगत्तै तालिबानले आक्रमण र क्षेत्र नियन्त्रणको अभियान नै सञ्चालन गरेको छ । वक्तब्यमा तालिबानले गरिरहेको आक्रमणको घटनाले दोहा सम्झौतामा नागरिकको रक्षाका लागि जनाएको प्रतिबद्धता बिपरित भएको जनाइएको छ । तालिबान र संयुक्त राज्य अमेरिकाबीच गत् फेब्रुअरी महिनामा भएको सम्झौता बमोजिम नै अफगानिस्तानबाट विदेशी सेना फित्र्ता हुने क्रममा रहेको छ ।

युद्धकै बीच अफगान सरकार र तालिबान बीच भेटवार्ता

काठमाण्डाै – अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ ।कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ । विदेशी सेना फर्कन थालेसँगै तालिबानले विभिन्न भूभागहरु कब्जा गर्ने क्रम शुरु भएपछि अफगानिस्तानमा तनाव बढेको हो । यही तनावका बीच भएको भेटमा सरकारी टोलीको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गर्नुभएको छ । उहाँले अफगानिस्तानमा जारी युद्धको समाधान वार्ता मात्रै भएकोले सबै सम्भावनाहरुलाई ख...

निर्धारित समयमा नै सबै विदेशी सेना फिर्ता जानुपर्छ : तालिबान

२१ असार, काठमाडौं । तालिबानले आगामी सेप्टेम्बरसम्ममा सबै विदेशी सेना फिर्ता जानुपर्ने बताएको छ । उक्त समयपछि पनि अफगानिस्तानमा बाँकी रहने सेनालाई ‘कब्जा गर्ने’ सेनाको रुपमा मानिने तालिबानले बताएको छ । यसअघि दूतावास र विमानस्थलको सुरक्षाको लागि एक हजार अमेरिकी सेना सेप्टेम्बरपछि पनि अफगानिस्तानमा रहने समाचार आएको थियो । अफगानिस्तानमा २० वर्ष लामो नेटो संगठनको […]

'विदेशी सेना समयसीमाभित्रै बाहिरिनुपर्ने'

करिब एक हजार अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र कूटनीतिक नियोगको रक्षाका लागि रहिरहने समाचार प्रकाशमा आएपछि तालिबानले यस्तो चेतावनी दिएको हो । अफगानिस्तानमा नेटोको २० वर्षे सैन्य अभियान समाप्त हुँदैछ । विदेशी सेना बाहिरिदै छन् । तर अफगानिस्तानमा हिंसाका घटना बढ्दैछ । तालिबानले भूभाग नियन्त्रण गर्ने क्रम जारी राखेको छ । विदेशी सेना बाहिरिदै गर्दा अफगानिस्तानको सुरक्षाकर्मीले सुरक्षाको जिम्मा एक्लै सम्हालेको छ । तर काबुलको भविष्यमाथि अझै शङ्काको घेरामा छ । तालिबानका प्रवक्ता सुहैल शाहीनलाई उद्धृत गर्दै काबुलको सैन्य अखाडा मात्रै नियन्त्रणमा लिनु तालिबानको नीति नरहेको बीबीसीले उल्लेख गरेको छ । दोहा सम्झौताबाट पछाडि हटे तालिबान नेतृत्वले आवश्यक निर्णय लिएर अगाडि बढ्ने उनले बताए ।