प्रमुख प्रशासकीय अधिकृत कुटपिट घटनामा पालिका उपप्रमुखसहित दुई वडा अध्यक्ष पक्राउ

धनगढी- डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उपप्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीलाई कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ नम्बरका वडा अध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको […]