अध्यागमनको सर्भर डाउन, अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तरराष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’ रूपमा अन्तरराष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ । ‘अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरूपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ,’ प्रमुख सेडाइँले भने ।  विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअलरूपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ । रासस

सम्बन्धित सामग्री

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको […]

अध्यागमनकाे सर्भर डाउनपछि अन्तर्राष्ट्रिय उडान प्रभावित, सयाैं यात्रु मर्कामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । सिंहदरबारबाट सञ्चालित सरकारी सर्भरको ट्रान्सफर्मर पड्किएर अध्यागमनको सर्भर डाउन भएको अध्यागमनका एक अधिकारीले जानकारी दिएका छन् । सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ । सर्भर डाउन भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बन्न पुगेको छ । करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन […]

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।  'सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । भित्रिने र ब...

अध्यागमनको सर्भर बिग्रिँदा अन्तर्राष्ट्रिय उडानमा ढिलाई, यात्रुलाई सास्ती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा बारम्बार समस्या आउँदा अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित हुन थालेका छन् । शनिबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा घन्टौं उभिनु परेको वायुसेवाका कर्मचारीहरुले बताए ।

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अध्यागमनको सर्भरमा समस्या हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।