‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

काठमाडौँ,१५ असार । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए । पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिने उनले […]

सम्बन्धित सामग्री

धान उत्पादन वृद्धिको संकेत

पछिल्लो ४ वर्षको तुलनामा यस वर्ष नेपालमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । त्यही जमीनमा धान उत्पादन वृद्धि हुनु भनेको उत्पादकत्व वृद्धि भएको हो र यसलाई विकासको संकेत मान्नुपर्छ । उत्पादन वृद्धिका लागि विभिन्न पक्षले काम गरेका हुन्छन् । मलखाद, सिँचाइ, श्रमिकलगायतको भूमिका हुने भएकाले यसपटक धान उत्पादन वृद्धि हुनुले ल अफ भेरियबल  प्रोपोर्शन चरितार्थ भएको छ । नेपालमा कृषि उत्पादन गुजारामुखी भएको भन्दै कृषि पेशाबाट पलायन हुने संख्या ठूलो छ । तर, पछिल्लो समय ठूलाठूला औद्योगिक घरानाले कृषिक्षेत्रमा लगानी गरेको पनि पाइएको छ । यस्ता समूहले कृषिबाट लाभ लिइसकेको भने अझै पाइएको छैन ।  नेपालका लागि कृषि सम्भावना बोेकेको क्षेत्र भए पनि आधुनिक प्रविधिको प्रयोग हुन नसक्दा लाभ लिन नसकिएको धेरैको भनाइ छ । कृषिमा सम्भावना नदेखेका कैयन् युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । कृषिबाट पलायन भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेका बेला अहिले जसरी धानको उत्पादकत्व बढेको देखिएको छ, यही बेला सरकारले थप काम गर्नुपर्ने हुन्छ । जमीन वृद्धि नभएको तर उत्पादन वृद्धि हुनुले कृषिमा आधुनिक प्रविधिको प्रयोगको शुरुआत भएको देखाउँछ ।  त्यसैले अब सरकारले उत्पादनमा थप वृद्धि गराउन नयाँनयाँँ प्रविधिको प्रयोग तथा सिँचाइ, मल, बीउको उपलब्धतामा काम गर्नुपर्ने हुन्छ । नत्र अहिले वृद्धि भएको धान उत्पादन अर्को वर्षमा कमी नआउला भन्न सकिँदैन । कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग पनि बढेको देखिएको छ । जुन अनुपातमा रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग बढेको हो त्यसअनुसार कृषि उत्पादकत्व भने बढ्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यसको अर्थ अझै पनि यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने हो ।  जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्वमा असर परेको हुन्छ । अहिले उत्पादन बढेको देखिए पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास भइसक्यो भन्ने अवस्था छैन ।  कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि यस वर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ । दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिस कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन ।  बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनैपर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले खाद्यसुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्यसुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्तालाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । त्यसैले सरकारले यो बेला उत्पादकत्व वृद्धिका लागि ठोस योजना बनाएर काम गर्नुपर्छ ।

कृषि उत्पादकत्व किन कम बढ्यो ?

कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग बढेको देखिएको छ । तर, यिनको प्रयोग बढेको अनुपातमा कृषि उत्पादकत्व भने बढ्न सकेको छैन । रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग उत्पादन बढाउन प्रमाणित भएकैले यिनको प्रयोग बढेको हो । सरकारले कृषि उत्पादकत्व बढाउन यिनको प्रयोगमा उच्च प्राथमिकता दिएको पनि छ तर पनि तिनको अनुपातमा उत्पादकत्व बढ्न नसक्नुको अर्थ यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने देखिन्छ ।  जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्व बढ्न सकेको छैन । त्यसमा पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास अझै हुन सकेको छैन । खासमा कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन हरित क्रान्तिको अभियान नै चलाइएको छ जसमा आधुनिक प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । चीनपछि धानको प्रमुख उत्पादक भारतको उत्पादकत्व ३ दशमलव १ मेटन रहेको छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि गतवर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ ।  कृषि पेशाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्न आवश्यक छ । नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिसहरू कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन । यद्यपि तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले माटो खन्नेदेखि बाली भित्त्याउनेसम्मका काममा यन्त्रको प्रयोग बढेको देखाएको छ ।  रासायनिक मल र विषादीको प्रयोग पनि बढेको छ । रासायनिक मलले माटोमा अम्लीयपना बढाएको किसानको गुनासो रहेको छ भने आलीको विषादी थालीसम्म पुगेर मानव स्वास्थ्यमा गम्भीर असर पारेकामा चिन्ता बढ्दो छ । रासायनिक मल होस् वा विषादी, यिनको प्रयोग कति मात्रामा र कस्तो अवस्थामा गर्ने हो भन्ने जानकारी किसानलाई हुनुपर्छ । त्योभन्दा पनि बढी उपभोक्ता यसमा सचेत हुनुपर्छ । उपभोक्ताले विषादी हालिएको कृषि उपज चिनेर प्रयोग नगर्ने हो भने यसको खपत घट्न थाल्छ । कृषि उत्पादकत्व बढाउन रासायनिक मल र विषादीको योगदान रहेको छ । त्यसैले यिनको प्रयोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन । तर, विषादीबाट जोगिने तरीकाहरू किसान र उपभोक्ताहरूले पनि जान्नु आवश्यक छ ।  बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनै पर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । जसले गर्दा कृषिमा लगानी वृद्धि हुँदै गएर समग्र अर्थतन्त्रमा सुधार आउँछ ।

‘असार १५ ले कृषकमा ऊर्जा थप्छ’

स्याङजा । स्याङजामा पनि रोपाइँ कार्यक्रम गरिएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले कृषिमा आधुनिकीकरण तथा विविधिकरण गर्न आवश्यक रहेको बताउनुभयो । कृषि उत्पादनमा आधुकीकिरण गर्न आवश्यक रहेको भन्दै नगरप्रमुख खाँडले कृषीप्रधान देश भएपनि कृषीउपजमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । आफ्नै उत्पादनमा निर्भर हुने गरी उत्पादन गर्ने तर्फ कदम चाल्नुपर्ने उहाँले […]

‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

गण्डकी । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए ।

कृषिमा आधुनिकीकरण आवश्यक छ : मन्त्री बुढा

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् ।

कृषिमा आधुनिकीकरण आवश्यक छ : मन्त्री बुढा

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् ।

कृषिमा आधुनिकीकरण आवश्यक छ : मन्त्री बुढा

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् ।

कृषिमा आधुनिकीकरण आवश्यक छ : मन्त्री बुढा

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् ।

कृषिमा इजरायली प्रविधि सहयोग गर्न राजदुतलाई सुमार्गीको आग्रह

काठमाडाैं : नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायली राजदूतसँग नेपालको कृषि क्षेत्रको विकासका बारेमा छलफल गरेका छन्।उनीहरुबीच कृषिमा इजरायलले गरेको क्रान्ति नेपालले कसरी उपयोग गर्ने भन्ने विषयमा छलफल भएको हो ।भेटमा इजरायली राजदुत हनान गोदेरसँग सभापति सुमार्गीले कृषिमा आधुनिकीकरण बिना नेपालको आर्थिक उन्नति नहुने र नेपालीको जीवनस्तर पनि माथी नउठ्ने भन्दै यसका लागि इजरायलको प्राविधिक सहयोग आवश्यक रहेको बताए।देशका ७ वटै प्रदेशमा कृषि उद्यम तथा अन

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

चितवन । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ । प्रेम थापा, शिव थापा र सुजिन्द्रबहादुर थापाको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैंसी, बाख्रा लगायत पशुचौपायालाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने  उद्देश्यले उद्योग सञ्चालन गरिएको अध्यक्ष प्रेम थापाले बताए । उनका अनुसार हरियो मकैसहितको बोटलाई काटेर मेशिनको माध्यमबाट प्याकेजिङ गरिन्छ । घाँस प्याकेजिङ गर्दा नै वस्तुभाउलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखिने उनले बताए । यसरी प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ । स्थानीय किसानले लगाएको मकैको हरियो बोटसहित प्रतिकट्ठा २ हजारदेखि ३ हजार रुपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए । उनका अनुसार हाल जिल्लाका पदमपुर, जमुनापुर र पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको छ । माग बढ्दै गएमा अन्य जिल्लाबाट पनि मकैको बोट खरीद गरेर ल्याइने बताइएको छ । किसानले उत्पादन गरेको मकै बजार मूल्यभन्दा महँगोमा उद्योगले लिने भएकाले किसानहरू यस उत्पादनप्रति आकर्षित भएको सञ्चालकहरूको भनाइ छ । उद्योगबाट उत्पादित साइलेज बजारमा पाइने ढुटो, चोकर, दानाको तुलनामा सस्तो हुँदा माग समेत बढेको उनीहरू बताउँछन् । हाल उद्योगमा ७५ लाख रुपैयाँ लगानी भइसकेको छ भने थप २५ लाख लगानी हुने चरणमा रहेको उद्योगका सञ्चालक सुजिन्द्रबहादुर थापाले बताए । उद्योगलाई रत्ननगर नगरपालिकाले कस्टम हायरिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रुपैयाँ अनुदान दिएको छ ।