मस्तिष्क घात भएर न्युरो अस्पताल भर्ना भएका पोखराका मेयर जिसी डिस्चार्ज

पोखरा : काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन्। मस्तिष्क घात भएर १९ दिनसम्म अस्पतालमा उपचाररत जिसी आज डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिएका छन्। १९ दिन अगाडि अचानक बिरामी परेपछि मेयर जिसीलाई उपचारका लागि  हेलिकोप्टरबाट काठमाडौं लगिएका थियो।…