इच्छाराज तामाङ विरुद्द दायर मुद्दाको पेशी तोकियो, न्यायधीश कोइरालाको इजलाशमा सुनुवाई

 सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द दायर भएको मुद्दाको पहिलो पेशी तोकिएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा आज आइतबार मुद्दाको पेशी तोकिएको हो । आज जिल्ला अदालत काठमाडौँका न्यायधीश राजकुमार कोइरालाको एकल इजलाशमा उक्त मुद्दाको पेशी तोकिएको हो। इच्छाराजको मुद्दा सो इजलाशको सातौ नम्बरमा रहेको छ ।  ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका इच्छाराज तामाङ सहित ४३ जना बिरुद्द अदालतमा मुद्दा दर्ता भएको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।   एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। उनी विरुद्द ठगी, लिखत सम्वन्धी कसुर तथा संगठित अपराध गरेको आरोपमा मुद्दा दर्ता भएको हो । मुलुको अपराध संहिता २०७४ को दफा २५१ मा रहेको सम्पत्तिको आपराधिक उपयोग गरेको कसुरमा उनी विरुद्द दर्ता भएको हो । उनी विरुद्द निम्न ६ वटा आरोपहरुमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरेको थियो । - बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोयी हुन् ४३ जना प्रतिवादी प्रतिवादीहरुनाम:ठेगानाप्रतिक्षा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोदानहिरा तुलाधर(कंसाकार)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोकृष्णप्रसाद श्रेष्‍ठधनुषा , जनकपुर नगरपालिका वडा न. - १० , घर न. - नखुलेकोशंकर प्रसाद पाठकभक्तपुर , सूर्यविनायक नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोईच्छा राज तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोमिना गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोखेमनाथ डल्लाकोटीचितवन , खैरहनी वडा न. - ६ , घर न. - नखुलेकोहरिप्रसाद लामिछानेकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोसुमन नन्द बैद्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकौस्तुभ केतन ढुङगानाकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोअष्टरत्‍न तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकान्ती लक्ष्मी उपाध्यायभक्तपुर , चाँगुनारायण नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रतिष्ठा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोएलिना तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोअनु लामिछाने भन्ने अन्ननपूर्ण खनालकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोडा. ईन्द्रराज हुमागाईकाभ्रेपलान्चोक , ढराउनेपोखरी वडा न. - ८ , घर न. - नखुलेकोगोपाल बहादुर श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोसुबास कुमार श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरन्जना महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १७ , घर न. - नखुलेकोसुमन श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोनारायण लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २७ , घर न. - नखुलेकोसंगित श्रेष्ठकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ७ , घर न. - नखुलेकोकेशवलाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोप्रकाश कुमार बर्मासिन्धुली , फिक्कल गाउँपालिका वडा न. - ५ , घर न. - नखुलेकोजीवनराज बज्रचार्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १० , घर न. - नखुलेकोप्रविण प्रसाद प्रधानकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोडा. दुर्गा प्रसाद संग्रौलाझापा , गरामुनी वडा न. - ९ , घर न. - नखुलेकोहरिप्रसाद रिसालललितपुर , ललितपुर महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोलालकाजी गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २४ , घर न. - नखुलेकोभगवान बहादुर सिंह (डंगोल)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १२ , घर न. - नखुलेकोबिजय बिक्रमञ शाहीकाठमाडौं , नागार्जुन नगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोमुकुन्द प्रसाद न्यौपानेझापा , चन्द्रगढी वडा न. - ८ , घर न. - नखुलेकोमायोनानी महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेकोजयन्द्र लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोबुद्द राज तामाङकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रविण मुखियाललितपुर , ललितपुर महानगरपालिका वडा न. - ५ , घर न. - नखुलेकोरामराज मास्केसर्लाही , बागमती नगरपालिका वडा न. - २ , घर न. - नखुलेकोकेशव कुमार अमात्यललितपुर , ललितपुर महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरामकृष्ण पौडेलधादिङ , थाक्रे गाउँपालिका वडा न. - १० , घर न. - नखुलेकोनगेन्द्र विमलीझापा , अर्जुनधारा वडा न. - ९ , घर न. - नखुलेकोराकेश महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेको

सम्बन्धित सामग्री

इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा आरोपित सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि सोल्टिमोड, काठमाडौंका प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ तथा यस सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ […]

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो । सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर स...

सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो […]

एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ

काठमाडौं, असोज १९ । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ । उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको […]

सिआइबीद्वारा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको उजुरी

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीको डिआइजी धीरजप्रताप सिंहका अनुसार निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुनधाराबाट पक्राउ गरिएको हो ।सिआइबीको अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी

एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ, ४६ करोड ठगीको उजुरी

नेकपा एमालेका  पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सीआईबीको नियन्त्रणमा

काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज सुन्धाराबाट पक्राउ गरेको हो। उनीलगायत सिभिलका अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको ब्युरोका डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए। ‘उहाँविरुद्ध ठगीमा उजुरी परेको हो, अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ,’ डीआईजी सिंहले भने।…

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।...

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

१८ असोज, काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर […]